चितुवाको छालासहित ४ जना पक्राउ
काठमाडौं । दुर्लभ बन्यजन्तु चितुवाको छालासहित काठमाडौंबाट ४ जना पक्राउ परेका छन्। प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो।
झोलाभित्र लुकाइरहेको अवस्थामा चितुवाको छाला बरामद भएको जिल्ला प्रहरी परिसर...
प्रचण्डले पत्रकार सम्मेलन गर्ने
काठमाडौं । स्थानीय तहको निर्वाचनबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
माओवादी केन्द्रको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका अनुसार सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन...
गहना खोज्ने जात्रा मनायाे
काठमाडौँ– काठमाडौँको हाँडीगाउँमा आइतबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ।
टुँडालदेवीको खटलाई हाँडीगाउँस्थित गहनापोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ। त्यस क्रममा पोखरी बाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ।चैत्रशुक्ल पूर्णिमाका दिन...
देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने
काठमाडाैं । गर्मीका कारण हुन सक्ने असरबाट बच्न पनि आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक ...
फर्काइँदै विदेशिएका प्राचीन सम्पदा
काठमाडौं । नेपालबाट गैरकानुनी रूपमा विदेशिएका लिच्छवि र मल्लकालीन मूर्ति फिर्ता गर्ने कार्यले पछिल्लो समय गति लिएको छ । अमेरिका, फ्रान्स, बेलायत, जर्मनलगायत देशबाट ७९ वटा मूर्ति फिर्ता ल्याइसकिएको छ । बेलायतका एक नागरिकको निजी सङ्ग्रहमा रहेका तीन मूर्ति...
आगामी शुक्रबारदेखि एसईईकाे परीक्षा सुरु
काठमाडौं । गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो । एसईई वैशाख ९ गतेबाट सुरु हुँदैछ ।
यसअघि...
नागरिकता दिलाउने अध्यक्ष ओलीको आश्वासन
सर्लाही । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मधेसमा नागरिकता पाउनबाट बन्चित रहेका नागरिकलाई नागरिकता दिलाउने आश्वासन दिनुभएको छ । अब आउने सङ्घीय संसद्को निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने र त्यसले नागरिकता विधेयक पारित...
उपत्यकामा फोहोर नउठेर सडक दुर्गन्धित
काठमाडौं । उपत्यकामा फोहोर नउठेर सडक दुर्गन्धित भएको छ । फोहोर नियमित नउठ्दा थुप्रिएको छ । सडकभर लामो समययता फोहोर थुप्रिदा कुहिएर गन्हाउन थालेको छ ।
उपत्यकाका नदी पनि प्रदूषित भएका छन् । नदी किनार...
नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १८ हजार ८२७ पुग्याे
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७५० जनाको पीसीआर परीक्षणमा ११ जना र ७३९ जनाको...
त्रिभुवन क्लब ह्वीलचियर बास्केटबलमा प्रथम
भक्तपुर । नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजना भएको प्रथम चाँगुनारायण ह्वीलचियर बास्केटबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लब प्रथम भएको छ ।प्रतियोगितामा एनएससीईएनएन दोस्रो र वीआईए तेस्रो भएका छन्।
यस्तै, महिलातर्फको प्रतियोगितामा डब्लुडब्लुबीए प्रथम,...

























