निगमले आइओसीलाई पठायो १३ अर्ब
काठमाडौं । सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रु १३ अर्ब बढी भुक्तानी गरेको छ । निगमले मूल्य स्थिरीकरण कोषबाट रु एक अर्ब ८०...
क्यामरुनको नाइटक्लबमा आगलागी हुँदा १६ को मृत्यु
एजेन्सी । अफ्रिकी मुलुक क्यामरुनको एक रात्री क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । क्यामरुनको राजधानी याउन्डेमा रहेको चर्चित लिभ्स नाइट क्लबमा भएको आगलागीमा परी ८ जना घाइते भएका छन् ।
क्लबमा जलाइएको...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाडौं, १० माघ । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७७ पैसा र विक्रिदर ११९ रुपैयाँ ३७ पैसा रहेको छ ।नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपयिन युरोको खरिददर १३४ रुपैयाँ ७१ पैसा...
रामेछापको मन्थलीमा ८४औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ
काठमाडौं। सनराइज बैंक लिमिटेडले बैंकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पु¥याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ । यसैक्रममा गत माघ ७ शुक्रबार बैंकले प्रदेश ३, रामेछाप जिल्लाको मन्थली...
टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने
काठमाडाैं । एफटीटीएच उपलब्ध नभएका सुगमका साथै अधिकांश दुर्गम स्थानहरुमा द्रुत गतिको डेटा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने भएको छ। कम्पनीले फोरजी एलटीई नमस्ते वाईफाई सेवाका विभिन्न...
डाक्टरको परीक्षामा परीक्षामा अमार्यादित कार्य गर्ने तीन जना पक्राउ
काठमाडौं । चिकित्सा शिक्षा आयोगले शनिबार लिएको स्तानकोत्तर तह (एमडी/एमएस)को एकीकृत प्रवेश परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थी, बिचौलिया र परीक्षामा अमार्यादित कार्य गर्ने तीन जना पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले तीन जनालाई...
ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द
काठमाडाैं । ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द भएको छ ।
महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले आजदेखि ५ दिनका लागि महानगरपालिकाबाट दिइने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले...
सदर चिडियाखाना बन्द
काठमाडाैं । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सदर चिडियाखाना बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरको निर्देशनअनुसार तत्काललाई एक हप्ताको लागि चिडियाखाना बन्द गरिएको चिडियाखानाकी प्रमुख रचना शाहले जानकारी दिनुभयो । एक हप्तापछिको अवस्था...
एकै पटक ६ कम्पनीले आईपीओ निष्कासन गर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकै पटक ६ वटा कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले आइतबार बालेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्धि लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई...
आज पश्चिमा देशका अधिकारीसँग तालिबानको बैठक बस्दै
काठमाडौं । तालिबानका सदस्य नर्वेमा पश्चिमा देशका अधिकारीहरुसँग आज बैठकमा बस्न लागेका छन्। अफगानिस्तानमा नियन्त्रण हासिल गरेपछि पश्चिमा देशका अधिकारीसँग तालिबान सदस्यको यो पहिलो भेट हो।
यो तीन दिवसीय बैठकमा मानवअधिकार र मानव त्रासदी जस्ता...

























