महान्यायाधिवक्ता बडालद्वारा राजीनामा
काठमाडौं । सरकारका कानूनी सल्लाहकार रमेश बडालले पदबाट राजीनामा दिएका छन् ।
सर्वोच्च अदालतको फैसलासँगै नयाँ सरकार गठन हुन भएपछि महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष आज पदबाट राजीनामा बुझाउनुभएको हो ।
बडालले भने, “मैले पदबाट राजीनामा दिएँ, प्रधानमन्त्रीलाई...
कलंकीबाट तास खेलिरहेको अवस्थामा सात पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित धादिङ सलाङ घर भएका २५ वर्षीय रेशम श्रेष्ठको तास एण्ड कटिया हाउसमा तास खेलिरहेको अवस्थामा रेशम लगायत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त हाउसमा जुवातास खेलिरहेको...
आज २०८ औं भानु जयन्ती
काठमाडाैं । भानु जयन्तीको अवसरमा तनहुँको भानु नगरपालिकाले आज सार्वजानिक बिदा दिएको छ ।
नेपाली भाषा, साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको सम्मानमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सबै सरकारी कार्यालय, शैक्षिक संस्था...
आज सुनको मूल्य बढ्याे
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । हिजो सोमबार प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार...
आईपीओ जारी गर्दै नर्भिक
काठमाडाैं । नर्भिक इन्टरनेशनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ ।
नर्भिक अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो ।
नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो...
कोरोनाबाट भारतमा दुई हजारभन्दा बढीको मृत्यु
एजेन्सी । भारतमा २७ दिनपछि कोरोना संक्रमितको मृत्युदरमा अचानक वृद्धि भएको छ । सोमबार २,०२४ जनाको मृत्यु भएको छ । यसअघि दुई हजारभन्दा बढी मृत्यु १६ जूनमा भएको थियो, त्यतिबेला २,३२९ जनाको मृत्यु भएको...
सिद्धहस्त कलाकार राजकुमार शाक्यको निधनले अपूरणीय क्षति
काठमाडौं । नेपाल हस्तकला महासङ्घले नेपाली हस्तकला क्षेत्रका सिद्धहस्त कलाकार, वरिष्ठ धातु मूर्तिकार राजकुमार शाक्यको निधनले नेपाली हस्तकला क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् ।
महासङ्घले सोमबार आयोजना गरेको श्रद्धाञ्जलिसभाका वक्ताले नेपाली हस्तकला क्षेत्रको विकासमा...
देशभर भेरोसेल खोप लगाइने
काठमाडौं । सरकारले भोली असार २९ गते देखी चीनबाट ल्याएको भेरोसेल र अमेरिकाबाट ल्याइएको जोन्सन एन्ड जोन्सन खोप अभियान संचालन गर्ने घोषणा गरेको छ । सरकारको निर्णयअनुसार भेरोसेललाई ५५ वर्ष माथिकाले लगाउन पाउनेछन् भने,...
वेस्ट इन्डिजले अष्ट्रेलियाविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिज जित्याे
काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजले अष्ट्रेलियाविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।
मंगलबार बिहान भएको तेस्रो टी–ट्वान्टीमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै वेस्ट इन्डिजले सिरिज आफ्नो पक्षमा पारेको हो । वेस्ट इन्डिजले पाँच खेलको टी–ट्वान्टी...
युरोकपमा कुन टिमले कति पुरस्कार जिते यस्तो छ
एजेन्सी । विश्वकप पछि फुटबलमा सबैभन्दा बढी पुरस्कार राशी भएको युरोकप हो । युरोकपको पुरस्कार रकम नै करोडौं डलरको छ ।
यसपालीको विजेता इटालीले १ करोड युरो पुरस्कारस्वरुप प्राप्त गरेको छ । यो १ अर्ब...

























