पेरिस ओलम्पिक महिला फुटबलमा जापानले ब्राजिललाई हरायाे
काठमाडौं । इन्ज्युरी समयमा दुई गोल गरेपछि पेरिस ओलम्पिक–२०२४ अन्तर्गत महिला फुटबलमा जापानले ब्राजिलविरुद्ध २–१ को पुनरागमन जित निकालेको छ ।
आइतबार राति पार्क डेस प्रिन्सेसमा जापानलाई जित दिलाउन साकी कुमागा र मोमोको तानिकावाले गोल...
पेरिस ओलम्पिकमा आज पनि दुई नेपाली खेलाडीको प्रतिस्पर्धा
काठमाडौं । पेरिस ओलम्पिक २०२४ मा आज पनि दुई नेपाली खेलाडीको प्रतिस्पर्धा रहेको छ । जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले महिला ५७ केजीमुनि तौलमा आज प्रतिस्पर्धा गर्दैछिन् । उनले पहिलो खेलमा सर्बियाकी मारिया पेरिसिकको...
बालिकालाई जबरजस्ती गरेको अभियोगमा पक्राउ
काठमाडौं ।काठमाडौं महानगरपालिका वडा नम्बर ६ महाङ्काल बस्ने तिब्बत घर बताउने ४८ वर्षीय रिन्चो निमा नाम गरेका व्यक्तिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ११ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ...
मलेसिया ब्रिक्स समुहमा संलग्न
एजेन्सी । एसियाको अर्को देश मलेसिया ब्रिक्स समुहमा संलग्न हुनकाे लागि निवेदन दिएको चिनियाँ सरकारी अंग्रेजी दैनिक ग्लोबल टाइम्सले बताएको छ ।
सिन्ह्वा समाचार समितिले साे समाचार प्रवाह गरेको हो । मलेसियाको समाचार समितिले प्रधानमन्त्री...
संसदीय सुनुवाइ समितिको बैठक स्थगित
काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्न विहान ११ बजे समितिको बैठक बोलाइएको थियो ।
तर दलहरु आन्तरिक छलफलमा रहेकाले बैठक ५ बजेका लागि सारिएको...
सुन एक लाख ४६ हजार १ सयमा कारोबार
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन तोलाको ४ सयले बढेर एक लाख ४६ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि आइतबार सुनको मूल्य...
स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु
पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन्...
पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन्। आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५...
आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड
काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।
साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा...
सरकार विद्युत उत्पादन बढाउने पक्षमा
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार विद्युत उत्पादन र उपभोग बढाउने पक्षमा रहेको जनाउनुभएको छ।
आइतबार मन्त्रालयमा स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) सँगको भेटमा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो।उहाँले विद्युत उत्पादनलाई बढाइ, धेरै...
























