राष्ट्रिय सभाको बैठक स्थगन
काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगन भएको छ । बैठक स्थगन भएको जानकारी सूचनाबाट दिइएको हो ।
आइतबार अपराह्न १ः१५ बजेका लागि तय भएको सभाको बैठक विशेष कारणले स्थगन भएको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ...
पहिराेसँगै झरेकाे ढुंगाले लागेर बस चालककाे ज्यान गयाे
चितवन । चितवनमा २ वटा यात्रु बस बगाएको समयमा पहिरोसँगै झरेको ढुंगाले लागेर बसका चालकको ज्यान गएको छ ।
नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको हो ।
बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक नवलपरासीको सुनवल नगरपालिका–४ निवासी ३६ वर्षीय मेगनाथ...
केही स्थानमा हल्कादेखि मध्यम वर्षा
काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेश, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली...
आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती मनाइँदै
काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गर्नुभएको थियो...
कामपाले पिच गरेको सडक एक साता नबित्दै बिग्रियाे
काठमाडौं । काठमाडौं महानगरपालिकाले पिच गरेको सडक एक साता नबित्दै बिग्रिएको छ।
टेकुस्थित लगन सिमल देवताबाट चल्खु फल्चासम्म इन्द्रदह कम्पनीलाई अन्दाजी ३८ लाखमा पिच गर्न महानगरले ठेक्का दिएको थियो। एक साता नबित्दै पिच उप्किएको छ भने...
प्रधानमन्त्री प्रचण्डले विश्वास मत पाएन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वास मत पाउन असफल भएकाे छ ।
प्रतिनिधि सभा संसदमा शुक्रबार भएको मतदानमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउन नसकेका हुन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउँ भनी गरेको प्रस्तावमा...
स्वास्थ्य बीमाको शुल्क निर्धारण
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधाको परिमार्जन गरेको नयाँ विवरण तथा दररेट सार्वजनिक गरेको छ । बोर्डले नयाँ दररेट १ साउनदेखि लागू हुने जनाएको छ ।
यसअघि गत २० वैशाखमा बसेको...
LIVE : प्रधानमन्त्रीले विश्वासको मत लिँदै
काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै छन् ।
चोरी आरोपमा पक्राउ गरिएका व्यक्तिबाट सुन, चाँदी, मुगा सहितका गरगहना बरामद
जुम्ला । जुम्लाको प्रहरीले चोरी आरोपमा पक्राउ गरिएका व्यक्तिबाट अनुसन्धान गरेर ठुलो मात्रामा सुन, चाँदी, मुगा सहितका गरगहना बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार प्रहरीको विशेष अभियान अन्तर्गत मुगुमा हात हतियार सहित चोरीको घटनामा...
नाइराेबी फ्लाइबाट बच्ने उपायहरु
काठमाडाैं । वर्षायाम लागेसँगै नेपालमा नाइरोबी फ्लाइ किराको आतंक देखिन थालेको छ। जिल्लाका केही पालिकामा नाइरोबीका सङ्क्रमित फेला परेका छन् ।
मानिसको शरीरमा किराकाे आक्रमणपछि एक किसिमको रसायन निस्कन्छ। उक्त रसायन (pederin) पेडेरिनले छालामा एलर्जी...
























