गुल्मीमा १७ सय विदेशबाट भित्रिएपनि क्वारेन्टाइनमा ५५ मात्र
गुल्मी - गुल्मीमा दुई सातायता भारतलगायत अन्य मुलुकबाट १ हजार ७२३ जना मानिस भित्रिएका छन् ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासीकय अधिकृत लक्ष्मण पाण्डेयका अनुसार चैत ५ यता उक्त संख्यामा मानिस गुल्मी भित्रिएका हुन् ।...
एनआइसीका ग्राहकले दराजमार्फत समान खरिदमा १०% छुट
काठमाडौं–एनआइसी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई दराज अनलाइनमा रहेको बिग मार्टबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा १० प्रतिशत वा अधिकतम ५०० सम्म छुट हुने गरी बैंक र दराज बीच समझदारी भएको छ ।
यो योजनामा...
ओम्नी समूहसँग सम्झौता रद्द
काठमाडाैं - स्वास्थ्य सेवा विभागले कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न स्वास्थ्य सामग्री ल्याउन गरिएको सम्झौता रद्द गरेको छ।
बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा विभागमा महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द...
स्पेनमा लकडाउनका कारण प्रभाव बाख्रा चराउन रोक
एजेन्सी - बाख्रा डोहो-याएर लकडाउन तोड्न खोज्नेहरुलाई क्याटलान प्रहरीले कडा चेतावनी दिएको छ । प्रहरीका अनुसार यस्ता गतिविधि गर्नेलाई कडा जरिवाना हुनसक्छ ।
बिहीबार क्याटलान पुलिसले बाख्रा चराइरहेका एक मानिसको फोटोसहित यस्तो सन्देश जारी गरेको...
महामारीमा मानवीय सेवा गर्दै मेट्रो प्रहरी
काठमाडौं - सर, अलिकति राहत चाहियो, भोकभोकै मर्नुपर्ने अवस्था आउँला जस्तो भो हजुर –महानगरीय प्रहरीको १०० मा फोन आयो । प्रहरीले सोध्यो– कति जना हुनुहुन्छ ? २० जना छौंँ, उताबाट जवाफ आयो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका...
मुख्यमन्त्री लालबाबु राउतको रवैयाप्रति चिकित्सक संघको गम्भीर ध्यानाकर्षण
काठमाडौं - नेपाल चिकित्सक संघले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको रबैयाप्रति आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै संघले मुख्यमन्त्री राउत र डोल्पाका प्रमुख जिल्ला अधिकारीले कोेरोना...
साझ ५:३० बजे नेपाल एयरलाइन्स अस्ट्रेलिया उड्दै
काठमाडौं- अहिले साझ ५:३० मा नेपाल एयरलाइन्स पहिलोपटक अस्ट्रेलिया उड्दैछ । करिब २६४ यात्रु लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज अस्ट्रेलिया उड्न लागेको हो । जहाज अस्ट्रेलियाको बृस्बेनमा जान लागेको हो ।
नेपालस्थित अस्ट्रेलियाली दूतावासले आफ्ना...
गलत सूचना विरुद्ध अभियान छेड्न निर्देशन : डब्लुएचओ
एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र भाइबरले कोभिड–१९ को सन्दर्भमा प्रवाह हुने गलत सूचना विरुद्ध अभियान छेड्न एकआपसमा समझदारी गरेका छन् ।
जुन बहु–भाषिक अन्तरक्रियात्मक च्याटबट विश्वव्यापी रुपमा उपलब्ध हुनेछ । यो बटको मुख्य...
कोरोना सामाग्री खरिदमा भएको भ्रष्टाचारबारे विप्लव नेकपाले मुख खोल्यो
कोरोनाभाइरसको संक्रमणसँगै पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै सेवामा खटिने घोषणा गर्नुभएको थियो, अहिले के गरिराख्नुभएको छ ?
- हजुर ठिकै भन्नु भयो, अहिले हामी विश्वभरी महामारीको रुप लिएको कोरोनाभाइरसबारे जनचेतना फैलाउन, जनसेवा र जनश्रम गर्न...
बाजुराको खप्तड छेडेदह गाउँ रुघाखोकीको चपेटामा
बाजुरा - बाजुराका खप्तड छेडेदह गाउँपालिका–३ पुराबाब्लाको सिंगो गाउँ रुघाखोकीको चपेटामा परेको छ।
सातादिनअघिदेखि फैलिएको रुघाखोकी संक्रमणले पुराबाब्लाका ३ सयभन्दा बढी परिवारका सदस्य बिरामी परेका छन्।
हरेक घरका २ देखि ५ जनासम्म रुघाखोकी र ज्वरोकोका कारण...

























