कानुन विपरित स्वास्थ्यका लागि हानिकारक मदिराको विज्ञापन
काठमाडौं । नेपाली फिल्मका कलाकार केकी अधिकारी र प्रदीप खड्काले कानुन विपरित स्वास्थ्यका लागि हानिकारक मदिराको विज्ञापन गरेको पाइएको छ। उनीहरुले आफ्नो फेसबुक पेजमार्फत् एक मदिराको ब्रान्डको विज्ञापन गरेका हुन्।
उक्त मदिराको ‘ब्रान्ड एम्बेस्डर’ समेत रहेकी...
२५ प्रतिशत परिवारलाई स्वास्थ्य बिमामा आबद्ध गराउन निर्देश
काठमाडौं । स्वास्थ्य बिमा बोर्डले आगामी तीन महिनाभित्र थप २५ प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन निर्देशन दिएको छ ।
बोर्डले प्रदेश संयोजक, दर्ता अधिकारी तथा दर्ता सहयोगीहरूलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो...
खल्तीले पायाे पीएसपी सम्मान
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को १५औं वार्षिकोत्सवको अवसरमा डिजिटल वालेट खल्तीलाई सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने भुक्तानी सेवाप्रदायक (पीएसपी) को रूपमा सम्मानित गरिएको छ । गत पुस ८ मा आयोजित एक समारोहमा खल्तीलाई...
साफ यू-१९ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बंगलादेशसँग खेल्ने
काठमाडौं । साफ यू-१९ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग खेल्ने भएको छ ।
छैटौं संस्करणको साफ यू-१९ महिला च्याम्पियनसिपमा आगामी फेब्रुअरी २ देखि ८ (माघ १९-२५) बंगलादेशको ढाकामा हुनेछ ।
जसमा नेपाल र साविक विजेता...
आज सुन तोलामा १ लाख २२ हजार रुपैयाँ कायम
काठमाडाैं । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलाको १ लाख २२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलाको १ लाख २० हजार...
‘मेलमिलाप दिवस’ काे अवसरमा ओलीलाई देउवाले दिए निम्तो
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको ‘मेलमिलाप दिवस’मा एमाले अध्यक्ष ओलीलाई वक्ताका रुपमा निम्तो दिएको छ।
आगामी पुस १६ गते हुने कांग्रेसको ‘मेलमिलाप दिवस’मा अध्यक्ष ओलीलाई सभापति शेरबहादुर देउवाले फोन गरेर निम्तो दिएको उनको सचिवालयले जनाएको छ।
कांग्रेसले...
मध्यपहाडी राजमार्गको काम गर्ने निर्माण कम्पनीहरु कालोसूचीमा
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मध्यपहाडी राजमार्गको पर्वत खण्डमा काम गर्ने निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।
एमपी/एससीएफ/ईसीसी जेभी सुर्खेतलाई तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो ।
एमपी/एससीएफ/ईसीसी जेभीमा पश्चिम...
क्युआर भुक्तानीमा उल्लेख्य सहभागिता
काठमाडाैं । प्राथमिकता साथ सुरू गरेको क्युआर भुक्तानीमा उल्लेख्य सहभागिता देखिएको छ।
अहिले क्युआर माध्यमबाट मात्रै वार्षिक सात करोड ८० लाख पटक कारोबार हुने गरेको छ भने वार्षिक दुई खर्ब ४५ अर्ब रूपैयाँको कारोबार भइरहेको...
रुसले तेल निर्यातलाई युरोपबाट चीन र भारततर्फ पुनः निर्देशित
मस्को । युक्रेन द्वन्द्वमा पश्चिमी प्रतिबन्धबाट प्रभावित भएको करिब दुई वर्षपछि रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले रुसले आफ्नो तेल निर्यातलाई युरोपबाट चीन र भारततर्फ पुनः निर्देशित गरेको बुधबार बताउनुभएको छ ।
सन् २०२२ मा राष्ट्रपति भ्लादिमिर पुटिनले...
दुग्ध डेरीबाट निस्कने प्रदूषित पानीका कारण आजित
ढल्केबर । धनुषाको ढल्केबरमा डिडिसीको दुग्ध डेरीबाट निस्कने प्रदूषित पानीका कारण स्थानीयवासी आजित भएका छन् । डेरीले प्रदूषित पानीको उचित व्यवस्थापन नगर्दा स्थानीय आजित भएका हुन् ।
करिब दश वर्ष अघिदेखि सञ्चालनमा रहेको डेरीबाट निस्कने फोहोर...
























