सुन प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार
काठमाडौं । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बिहीबार सुन बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ८०० रुपैयाँ बढेको हो। यो दिन छापावाला सुन प्रतितोला...
आज पूर्वगृहमन्त्री खाँणको निवेदनमाथि सुनुवाइ
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले दिएको निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ हुने भएको छ ।
यसअघि अरुका हकमा राय मिलेको भए पनि खाँणको हकमा दुई न्यायाधीशबीच राय बाझिएकाले तेस्रो न्यायाधीशकोमा...
युटिएलसहित तीन कम्पनीले पाएको इन्टरनेट सेवा अनुमतिपत्र खारेज
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटिएल) सहित तीन कम्पनीले पाएको इमेलसहितको इन्टरनेट सेवा अनुमतिपत्र खारेज गरेको छ ।
प्राधिकरणले पुतलीसडक काठमाडौं ठेगाना भएको युटिएल, कोटेश्वर काठमाडौंको म्याक्स नेट सोलुसन प्रालि र चितवन...
प्याज व्यापारीले आफू खुशी मूल्य तोक्न थाले
काठमाडाैं । बजारमा प्याजको अभाव भएसँगै व्यापारीले आफू खुशी मूल्य तोक्न थालेका छन् । अभाव भइरहेकै बेला भारतले गएको शनिवारदेखि निर्यातमा प्रतिबन्ध लगाएपछि प्याजको आयात ठप्प भएको छ ।
यसले गर्दा बजारमा प्याजको भाउ बढेको...
नेपालबाट पनि उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने
काठमाडौं । बिहीबार राति नेपालबाट पनि उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने भएको छ । यदि आकाश खुलेको रहेछ भने नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिन्छ ।
खगोलविदहरुले यो उल्का...
ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाबाट छनोट निर्णय बुझ्न माग गर्दै रास्वपाको ध्यानाकर्षण
काठमाडाैं । नागरिक उड्डयन प्राधिकरणको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाबाट छनोट गर्ने निर्णय बुझ्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षण पत्र बुझाएको...
हमास समूह विरुद्धको लडाइँलाई निरन्तरता दिने
एजेन्सी । इजरायलले हमास समूह विरुद्धको लडाइँलाई निरन्तरता दिने जनाएको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास विरुद्धको आफ्नो लडाइँलाई कसैले पनि रोक्न नसक्ने बताउनु भएको छ । उहाँले अन्तर्राष्ट्रिय दबाबले पनि युद्ध नरोकिने दाबी गर्दै...
च्याम्पियन्स लिगको समूह चरणमा म्यानचेस्टर सिटीको शतप्रतिशत जित
एजेन्सी । युरोपियन च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले समूह चरणमा शतप्रतिशत जित निकालेको छ।
समूहको अन्तिम खेलमा सिटीले रेड स्टार बेलग्रेडलाई ३-२ गोलले हरायो।
सिटीका लागि हामिल्टनले १९ मिनेटमा पहिलो गोल गर्दा बोबले ६२ मिनेटमा अग्रता दोब्बर...
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को प्रभावकारिता
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को प्रभावकारिता धेरै हदसम्म कर्मचारीको क्षमता र सक्रियतामा निहित हुने बताउनुभएको छ ।
सङ्घीय संसद् सेवा दिवस, २०८० का अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै सभामुख घिमिरेले संसद्लाई आवश्यक...
जबरजस्ती करणीको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ
तनहुँ । बालिकालाई जबरजस्ती करणी गरेका आरोपमा तनहुँको एक वृद्ध पक्राउ परेका छन् । शुक्ल गण्डकी नगरपालिकाका निवासी ७२ वर्षीय रनबहादुर सारू मगर पक्राउ परेका हुन् ।
नौ वर्षीया नाबालिकालाई बलात्कारको प्रयास गरेका आरोपमा पक्राउ...

























