देशका धेरैजसो भूभागमा तापक्रम क्रमिकरूपमा बढ्दै जाने
काठमाडौं । मौसम मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन देशका धेरैजसो भूभागमा तापक्रम क्रमिकरूपमा बढ्दै जाने जनाएको छ। महाशाखाले विशेषगरी तराई–मधेशमा जेठ २८ सम्म तातो हावा तथा ‘लू’को सम्भावना रहने बताएको छ।
मौसमविद् गोविन्द झाका...
डढेलोले उत्तर अमेरिकामा दशौँ लाख मानिस प्रभावित
काठमाडौं । उत्तर अमेरिकाका दशौँ लाख मानिस वायु प्रदषणको शिकार भएपछि उनीहरुलाई एन–नाइन्टी फाइभ मास्क लगाउन आह्वान गरिएको छ।
न्युयोर्कमा हिजोदेखि निःशुल्क मास्क वितरणसमेत सुरु गरिसकेको बीबीसीले जनाएको छ। जो–कोहीले पनि गुणस्तरीय मास्क लगाएर मात्र बाहिर...
जिप दुर्घटनामा एक दम्पतीको मृत्यु, एक घाइते
मान्म । कालीकोटको रास्कोट नगरपालिका–२ सेरामा जिप दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
रास्कोटको बसपार्कबाट जितेका लागि छुट्न लागेको ब१च ४६४१ नम्बरको बलेरो जिप दुर्घटना हुँदा रास्कोट नगरपालिका–१...
पाँचथरको चिवाभञ्ज्याङ नाका खोल्न सिक्किमको चासो
काठमाडाैं । नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङ नाका खोल्न भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले चासो देखाएका छन्।
मुख्यमन्त्री तामाङले भारत र नेपाललाई फाइदा पुग्नेगरी चिवाभञ्ज्याङ नाका खोल्न प्रदेश सरकार लागिपरेको बताए। “चिवाभञ्ज्याङ नाकाबाट कसरी फाइदा लिन सकिन्छ...
एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले चीनसँग प्रतिस्पर्धा गर्ने
काठमाडाैं । एएफसी यू–२० महिला एसियन कप छनोटमा बिहीबार नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ। एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले चीनसँग खेल्न लागेको हो।
खेल दिउँसो पौने ३ बजे म्यानमारको याङगुनस्थित थुवुन्ना रंगशालामा...
ओमानको बोरामा इरानको मल नेपालमा
वीरगन्ज । इरानबाट खरिद गरेको युरिया मल नेपालको गोदामसम्म आइपुग्दा उत्पादक मुलुकको नाम नै परिवर्तन गरेको भेटिएको छ । नेपालका लागि इन्डियन पोटास लिमिटेड (आईपीएल) ले इरानबाट खरिद गरेको साढे २७ हजार मेट्रिक टन...
शेयर लगानीकर्ताको सुरक्षाका लागि मन्त्रालयको पूर्ण सहयोग रहन्छ : अर्थमन्त्री डा महत
काठमाडौं । अर्थ मन्त्री डा. प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवको अवसरमा मन्त्री डा. महतले भन्नुभयो, “शेयर बजारमा लगानी र आयआर्जनका दृष्टिले ठुलो आकर्षण...
‘लम्पी स्किन’ रोग नियन्त्रण गर्न खोप
दमक । झापाको दमकमा ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि दमक नगरपालिकाले पशु स्वास्थ्यकर्मीहरूलाई खोप सहित किसानको गोठगोठमा खटाएको छ। ‘लम्पी स्किन’ रोगविरुद्ध भ्याक्सिन लगाउन सुरु गरिएको दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले जानकारी दिनुभयो ।
रोगले महामारीको...
प्रधानमन्त्री ‘प्रचण्ड’ले लुम्बिनी केबुलकारको उद्घाटन
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबुलकारको उद्घाटन गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहान बुटवल–३ बम घाटमा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तीपुरमा टप स्टेसन रहेको लुम्बिनी केबलकारको गर्नुभएको हो ।
तत्कालीन प्रधानमन्त्री केपी...
कञ्चनपुर जिल्लाका आरक्ष पीडितहरूको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ । नेकपा एमालेका सांसद तारा लामा तामाङले कञ्चनपुर जिल्लाका आरक्ष पीडितहरूको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद लामाले समस्या समाधानका लागि पीडितहरू महिना दिनदेखि...
























