डेनमार्कले सबै बन्देज हटाई कोभिड–१९लाई सामान्यरूपमा लिने निर्णय
काठमाडौं । डेनमार्कले सबै बन्देज हटाई कोभिड–१९लाई सामान्यरूपमा लिने निर्णय गरेको छ । कोभिड–१९का भाइरसलाई समाजिकरूपमा गम्भीर रोगको रूपमा नरहने डेनमार्कले घोषणा गरेको छ ।
कोभिडलाई वैश्विक महामारी घोषणा गरिएको करिब दुई वर्ष हुन लागेको...
भारत-चीनबीच १ खर्ब २५ अर्ब अमेरिकी डलर बराबरको व्यापार
सन् २०२१ मा पहिलोपटक चीनबाट भारतको आयात झन्डै सय अर्ब डलर पुगेको छ । जसमा विद्युतीय सामानहरू, विशेषगरी स्मार्टफोनहरू, मेसिनरी, मल र विशेष रसायन, औषधिजन्य सामग्रीलगायत रहेका छन् । द प्रिन्टमा प्रकाशित पछिल्लो तथ्यांकअनुसार...
कंगोमा सैनिक विद्राेहीकाे भिडन्तमा ३३ जनाकाे ज्यान गयाे
काठमाडौं । कंगोमा विद्रोही समूहसँग भएको भिडन्तमा परि कम्तीमा पनि ३३ जना सैनिक मारिएका छन्। यहाँका मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय सेनाका बीचमा उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो। त्यस भिडन्तमा परेर...
रसियाले आगामी महिना युक्रेनमाथि आक्रमण गर्ने ‘स्पष्ट सम्भावना’ रहेको चेतावनी
वासिंगटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाले आगामी महिना युक्रेनमाथि आक्रमण गर्ने ‘स्पष्ट सम्भावना’ रहेको चेतावनी दिएको बताएका छन् ।
रसियाले पनि अमेरिकाले आफ्ना महत्वपूर्ण मागहरु अस्वीकार गरेकाले युक्रेनको समस्या समाधान गर्ने आशाको आधार न्यून...
लिबियामा चुनावका लागि समय तोक्न राष्ट्रसंघका अधिकारीद्वारा आह्वान
त्रिपोली । लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष सल्लाहकार स्टेफनी विलियम्सले त्यहाँका राजनीतिक दलहरूलाई देशमा आम निर्वाचनको स्पष्ट समयरेखा तय गर्न आह्वान गरेका छन् ।
विलियम्सले बुधबार दक्षिणी शहर सभाको नगर परिषद्का प्रतिनिधिहरूसँगको भेटमा उक्त...
डिपिआरकेद्वारा पूर्वी सागरमा २ मिसाइल प्रहार
सोल। प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (डिपिआरके) ले पूर्वी सागरमा क्रुज मिसाइल मानिने दुईवटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीले सैन्य स्रोतलाई उद्धृत गर्दै मंगलबार सो जानकारी दिएको छ ।
दक्षिण...
भारतमा कोरोनाभाइरस सङ्क्रमितको संख्या चार करोड नाघ्याे
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस सङ्क्रमितको संख्या चार करोड नाघेको बुधबार जनाइएको छ ।
बुधबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित भएपछि कुल सङ्क्रमितको संख्या चार करोड...
सिरियाको हासाकाहको जेलमा आक्रमण भएकाेप्रति राष्ट्रसंघको चासो
सिरियामा नागरिक सुरक्षाको अवस्थाबारे संयुक्त राष्ट्रसंघले गम्भीर चासो व्यक्त गरेको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले हालै मात्र पश्चिमी सिरियाको हासाकाह क्षेत्रमा रहेको एक जेलमाथिको आक्रमण र त्यसबाट नागरिक हताहत भएको विषयमा चासो व्यक्त गरेका हुन्।
राष्ट्रसंघीय...
सिएना अवार्डमा फोटो अफ द इयरको उपाधि जितेको तस्बिरले बदल्यो बाबु-छोराको जिन्दगी
सिरियामा बम आक्रमणमा परी खुट्टा गुमाएका बुवाले पाखुरा र गोडा नभएका छोरालाई उचालिरहेको एउटा तस्बिर गत वर्ष निकै भाइरल भएको थियो।
टर्कीका फोटोग्राफर मेहमेत अल्सानले खिचेको उक्त तस्बिरमा वैशाखी टेकेर मुन्जिर एल नेजेल आफ्ना छोरा...
बेल्जियममा कोरोना भाइरसको नियन्त्रण नियमविरुद्ध विरोध प्रदर्शन
एजेन्सी । बेल्जियममा कोरोना भाइरसको नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् । सरकारी नियमविरुद्ध आइतबार ब्रिसेल्समा विशाल विरोध प्रदर्शन गरेका भएको हो ।ओमिक्रोनको लहरका कारण संक्रमण उच्च विन्दुमा पुगेको...
























