हत्याको धम्की दिने भौतिक मन्त्री रेणु यादवलाई पदमुक्त गर्न सरकारसँग माग
काठमाडौं । नागरिक समूहले व्यक्ति हत्याको धम्की दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न सरकारसँग माग गरेको छ । माघ ५ गते रौतहटको गौरमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले सम्बोधन गर्ने...
तीनवटा राजनीतिक दलको दल दर्ता खारेज
काठमाडौं । निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरेको छ।
लेखापरीक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियमअनुसार तीनवटा दल खारेजीमा परेका हुन्।
आयोगका अनुसार...
प्रधानमन्त्री देउवाले अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री देउवाको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधामन्त्री कार्यालयले जनाएको छ।
प्रधानमन्त्रीको सम्बोधन कोरोना महामारीको बढ्दो संक्रमण, आगामी चुनाव र...
पीसीआर परीक्षण पूर्ण रुपमा निशुल्क गर्न माग
काठमाडौं / सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले कोभिड-१९ को पीसीआर परीक्षण पूर्ण रुपमा निशुल्क गर्न माग गरेको छ। शुक्रवार नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ती जारी गर्दै पीसीआर परीक्षणको शुल्क नलिन माग गरेको...
कम्फर्टेबल सरकारको अन्कम्फर्टेबल काम सम्पन्न
काठमाण्डौ र आठ जिल्लालाई मधेस प्रदेश घोषणा गर्ने काममा प्रदेश नं। २ को संसदको दुईतिहाई बहुमत प्राप्त भयो । दुईतिहाई बहुमतले पारित गरे पछि सबै काम बैधानिक ठहर हुने संसदीय पद्दति नै हो ।...
राष्ट्रियसभा सदस्य निर्वाचनलाई सुरक्षित बनाउन २१ बुँदे निर्देशन जारी
काठमाडौं । निर्वाचन आयोगले कोरोना भाइरस संक्रमणको जोखिमका बेला राष्ट्रियसभा सदस्य निर्वाचनलाई सुरक्षित बनाउन २१ बुँदे निर्देशन जारी गरेको छ ।
आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य सुरक्षा मापदण्डबारे जानकारी गराएका...
जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की
काठमाडौं । भौतिक पूर्वाधारमन्त्री तथा जनता समाजवादी पार्टीकी नेता रेणु यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी छिन्।
मधेश बलिदान दिवसका अवसरमा बुधबार रौतहटको गौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘राइस...
त्रिविका जारी परीक्षाहरुमा कोभिड प्रोटोकल अनुगमन गर्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा कोभिड प्रोटोकल पालना भए/नभएको अनुगमन गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री देउवाले भौतिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्यानिटाइजर एथेष्ट मात्रामा भए/ नभएको अनुगमन गर्न निर्देशन...
तत्काल मुल्यबृद्धी फिर्ता गर्न नेविसंघकाे माग
काठमाडौं । नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेकोमा नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ। कोरोना भाइरसको तेस्रो लहरको महामारीमा पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढाएको विरोध गर्दै संघले तत्काल मुल्यबृद्धी फिर्ता...
आज सत्तारुढ दलहरुको राजनीतिक समन्वय समितिको बैठक बस्दै
काठमाडौं । सत्तारुढ दलहरुको राजनीतिक समन्वय समितिको बैठक आज पनि बस्दैछ ।
बैठकमा स्थानिय तह र संघीय संसदको निर्वाचन कहिले गर्ने भन्ने विषयमा छलफल हुने बुझिएको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न अलमल...























