आज संविधान दिवस मनाउँदै

काठमाडौं । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ । दिवसको अवसरमा हरेक वर्ष विशेष...

‘म मदनकृष्ण’को छायांकन सुरु

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’को छायांकन सुरु भएको छ । चलचित्रको आज शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । शुभमुहूर्तमा सिनेमाका अधिकांश कलाकारको उपस्थिति रहेको थियो । आजबाट सुटिङ...

मन्त्रिपरिषद्को बैठक ३ बजे बस्दै

काठमाडौं ।मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।

अर्थमन्त्री महत्त्वपूर्ण कूटनीतिक भेटघाट गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै छन् । तीनदिने भ्रमणका लागि उहाँ बिहीबार भारत प्रस्थान गरेका थिए । बिहीबार नै उनले भारतीय समकक्षी निर्मला...

बाढीपीडितहरूको सहयाेगार्थ सांगीतिक तथा दीप प्रज्वलन कार्यक्रम

काठमाडाैं । ओचुका, टोक्योको कास्थमण्डप नेपाली रेस्टुरेन्टमा  बाढीपीडितहरूको सहयोगार्थ टोक्योमा गायिका कारेन शाक्यको विशेष सांगीतिक कार्यक्रमका साथै रसुवा बाढीपीडितहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम आइतवार  सम्पन्न भएको छ। प्राकृतिक विपत्तिको यो कठिन समयमा प्रभावित परिवारहरूलाई राहत तथा...

जनपद प्रहरी समूहमा नयाँ भर्ना खुल्याे

काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ विभिन्न पदमा ३३४ जनाका लागि नयाँ भर्ना खुलाएको छ । नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखा नक्सालले खुला प्रतियोगितात्मक परीक्षामार्फत समावेशी...

बाजुरामा बिरामीको चाप बढ्न थाल्याे

बाजुरा । जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप बढ्न थालेको छ । जटिल प्रसूति अवस्था, आपतकालीन एपेन्डिक्स, रिभर्स सुरल आर्टरी फ्ल्यापलगायत जटिल प्रकृतिका शल्यक्रिया सफलतापूर्वक सम्पन्न हुन थालेका कारण चाप बढेको हो...

थप जोखिम पहिचान गर्न काठमाडौंमा उच्चस्तरीय बैठक

काठमाडौं । लाङटाङ लिरुङमा भएको आइस–रक एभलान्च (बरफ–चट्टान पहिरो) पछि रसुवा–भोटेकोशी बाढीले पुर्‍याएको क्षतिपछि हिन्दुकुश हिमालय क्षेत्रमा यस्तै प्रकृतिका सम्भावित विपद्को जोखिम पहिचान, निगरानी र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले काठमाडौंमा उच्चस्तरीय बैठक आयोजना...

संकटमा वामपन्थी राजनीति, नेतृत्वमाथि प्रश्न

काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनपछि नेपालका प्रमुख वामपन्थी दलहरू राजनीतिक, संगठनात्मक र नेतृत्वगत संकटको सामना गरिरहेका छन् । निर्वाचनमा खुम्चिएको जनमतलाई पुनः संगठित गर्नुपर्ने बेला नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस चर्किएको छ भने नेपाली...

वैदेशिक सहयोग अस्वीकार गरेर सरकारले अहंकार देखाएको आरोप

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी र त्रिशूलीमा आएको अकल्पनीय बाढीका बेला वैदेशिक सहयोग अस्वीकार गरेर सरकारले अहंकार देखाएको आरोप लगाएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै...

RECENT POSTS

HOT NEWS