तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
काठमाडौं । फरक शैलीमा आएको भोजपुरी फ्ल्लेबरको गीत ‘लड्की गोरी’ले चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को हाइप बढाएको छ । सुरुमा एआई निर्मित भिडियोबाट प्रचार गरिएको सिनेमाको अहिले कन्टेन्ट बाहिर आएका छन् ।
यसैक्रममा एक साता अगाडि...
कांग्रेसले सुशासन समितिको सभापतिमा इश्वरी न्यौपाने पठाउने
काठमाडौं । नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा इश्वरी न्यौपाने पठाउने भएको छ।
सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त उक्त पदमा न्यौपानेलाई जिम्मेवारी दिइएको छ।
संसदीय सुनुवाइ समिति सभापति रहेकी न्यौपानेलाई उक्त पदबाट राजीनामा गराएर...
लिपुलेकको विवादका विषयमा सरकार गम्भिर नभएको आरोप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालको पश्चिमी भू–भाग लिपुलेकको विवादका विषयमा सरकार गम्भिर नभएको आरोप लगाएको छ।
मंगलबार रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै उक्त आरोप लगाएका हुन्।
भारत र चीनले...
नेपालको च्याम्पियन एपीएफ क्लब उज्वेकिस्तानको पीएफसी नासाफसँग पराजित
काठमाडौं । एएफसी महिला च्याम्पियन लिग छनोट चरण अन्तर्गत समूह बी को आफ्नो पहिलो खेलमा नेपालको च्याम्पियन एपीएफ क्लब उज्वेकिस्तानको पीएफसी नासाफसँग पराजित भएको छ ।
सोमबार उज्वेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा भएको खेलमा एपीएफ नासाफसँग...
कांग्रेसको शीर्ष नेताहरूको बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक सुरु भएको छ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बसिरहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका हुन्।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति चयन गर्नेबारे छलफल हुनेछ। बैठकमा उपसभापतिद्वय पूर्णबहादुर...
एसीटीमाथि नेपालकाे सानदार जित
काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेको ५ विकेट लिएपछि नेपालले पहिल टी–२० अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)माथि सानदार जित निकालेको छ।
मंगलबार सम्पन्न खेलमा नेपाल ४१ रनले विजयी भएको हो। नेपालले दिएको १७८ रनको लक्ष्य...
सुनको मूल्य वृद्धि
काठमाडौं । हिन्दु महिलाको पर्व तिजको दिन सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको हो।
मंगलबार सुनको मूल्य बढ्दा सोमबार...
हरितालिका तीज पर्व आज मनाइँदै
काठमाडौं । आज भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आज व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक जनविश्वास छ ।
सत्य...
सेयर बजार बढ्याे
काठमाडौं । तीन कारोबार दिनपछि सोमबार सेयर बजार बढेको छ । आज बजार २१.३० अंक बढेसँगै २७६१ मा कायम भएको छ । कारोबारका क्रममा दिउँसो २ : ३० बजे २७६४ अंक आजका लागि अधिकतम रह्यो ।
नेप्से...
यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ।
समितिले धर्मशास्त्र, ज्योतिष, संस्कृतिलगायत क्षेत्रका विज्ञहरुसँगको बैठकपछि साइत सार्वजनिक गरेको हो।
प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयाका दिन वनयात्रा गर्ने नियम रहेकामा आज...

























