धनुषामा चोकको नामाकरण लिएर दुई समूहबीच विवाद
जनकपुर । धनुषाको सबैला नगरपालिकामा चोकको नामाकरणको विषयलाई लिएर दुई समूहबीच विवाद बढेपछि प्रहरीले गोली चलाएको छ। झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्।
घटना सबैला नगरपालिका-९, भठिहनस्थित चोकको नाम...
विधेयकमाथि संसदमै दफावार छलफल
काठमाडौं । ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ मा विपक्षी दलहरूले मत विभाजन मागेका छन् ।
सोमबार यो विधेयकमाथि संसदमै दफावार छलफल भएको थियो । दफावार छलफलका...
राजावादी आन्दोलनबाट सतर्क बन्नुपर्ने : शेखर
विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले राजावादी आन्दोलनबाट सतर्क बन्नुपर्ने जनाएका छन् । सोमबार आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सतर्क बन्नुपर्ने जनाएका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्ला गतिविधिका बारेमा जानकार रहेका...
जुम्ल्याहा शिशुको २ महिना लामो सघन उपचारपछि ज्यान बचाउन सफल
काठमाडौं । अत्तरखेल स्थित नेपाल मेडिकल कलेज (एनएसमी) ले समय अगावै जन्मिएका जुम्ल्याहा शिशुको २ महिना लामो सघन उपचारपछि ज्यान बचाउन सफल भएको छ । गत माघ १ गते शल्यक्रियामार्फत जन्मिएका जुम्ल्याहा शिशुको कलेजले ज्यान...
विभिन्न धनमाल चोरी
काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका-२९ हरिसिद्धि बस्ने राज कुमार तिमिल्सिनाको घरबाट करिब २ लाख ५० हजार रूपैयाँ बराबरको विभिन्न धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-३ नडाहा देवीथान चोक बस्ने ५० वर्षीय...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-२ स्थित सडकमा ज.१ स ३४८७ नम्बरको ई- रिक्सालाई स.१ च १३९२ नम्बरको एम्बुलेन्सले आइतबार दिउँसो ठक्कर दिँदा ई-रिक्सामा सवार धनुषा लक्ष्मीनिया गाउँपालिका-७ कुम्हरौरा बस्ने २४ वर्षीय अर्जुन यादवको मृत्यु...
करिब ५ सय ४७ किलो गाँजा सहित एक जना पक्राउ
महोत्तरी । बर्दिबास नगरपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ४७ किलोग्राम सहित काठमाडौं टोखा डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भएका ३७ वर्षीय सलिन मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको...
प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेको लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी...
‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ २०८१ पदम सुन्दासलाई प्रदान
काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ २०८१ सामाजिक न्यायका लागि विशिष्ट योगदान हेतु अभियन्ता पदम सुन्दासलाई प्रदान गर्ने निर्णय मानव अधिकार तथा शान्ति समाजले गरेको छ ।...
काठमाडौंमा पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुने
काठमाडौं । उद्यमशीलताको क्षेत्रमा नयाँ सोच र नवप्रवर्तकको प्रवर्द्धन गर्ने उद्देश्यले एलिसन हस्पिटालिटी प्रा. लि. ले नेपालमै पहिलो पटक इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरु बीच पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिताको आयोजना गर्दैछ । २०८२ साल वैशाख...























