आज ग्लोबल बैंककाे डिबेन्चरकाे आवेदन भर्ने अन्तिम दिन
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ले चैत १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ मा आवेदन दिने आज (चैत १६ गते) अन्तिम दिन रहेको छ। बैंकले...
ग्लोबल बैंकले तीनवटा नयाँ शाखा विस्तार
काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबार एकैदिन तीनवटा नयाँ शाखा विस्तार गरेको छ । बैंकको अनुसार नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–३, परासी, मोरङ जिल्लाको विराटनगर महानगरपालिका–४, कन्चनबारी र झापा जिल्लाको भद्रपुर नगरपालिका–५, भद्रपुरमा नयाँ शाखा...
इन्भेस्टमेन्ट बैंकले अमेरिकी डलर एनपीआरमा परिर्वतन गर्न सकिने ‘भी–प्रिपेड इंटरनेशनल कार्ड’ सेवा विस्तार
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले अमेरिकी डलर एनपीआरमा परिर्वतन गर्न सकिने ‘भी–प्रिपेड इंटरनेशनल कार्ड’ सेवा विस्तार गरेको छ । बैंकले यस भर्चुअल कार्ड मार्फत ग्राहकहरूले अमेरिकी डलरको एनपीआरमा परिवर्तन गर्न सक्ने र झन्झट मुक्त...
नबिल बैंककाे युएस डलर नबिल आईकार्ड
काठमाडाैं । अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नबिल बैंकले युएस डलर नबिल आईकार्ड ल्याएको छ ।
बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्ड मार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको...
आइएमई पे एपबाटक्यु आर स्क्यान गर्न मिल्ने
काठमाडौं । आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यु आर स्क्यान गर्न मिल्ने भएको छ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यु आर, युनियन पे र आइएमई पे क्यु आर सेवाग्राहीहरुले सजिलै आइएमई पे...
ग्लोबल बैंककाे नयाँ शाखा मार्तडीमा
काठमाडौँ – ग्लोबल आइएमई बैंकले बाजुरा जिल्लाको बडीमालिका नगरपालिका –८, मार्तडीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा बिस्तार ७६औं जिल्लामा पुगेको छ।
बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र...
अव खल्तीबाटै मेरो सेयर तथा डिम्याट खाता नविकरण
काठमाडौं। अवदेखि खल्ती डिजिटल वालेटबाट मेरो सेयर तथा डिम्याट खाता नविकरण गर्न मिल्ने भएकाे छ । खल्ती (स्प्यारो पे प्रा. लि) र सिडिएस एण्ड क्लियरिंग (सीडीएससी)बीच सम्झौता भएको हो । सम्झौतामा सीडीएसका प्रमुख कार्यकारी...
नेपाल चिया विकासकाे आइपिओ निष्कासन हुने
काठमाडौं - नेपाल चिया विकास निगमले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीको चैत्र ६ गते बसेको संचालक समितिको बैठकले सर्वसाधारणको लागि शेयर जारी गर्ने प्रस्ताव साधारण सभामा लैजान लागेको हो । २९ गते...
क्यूआर कोडबाट एक महिनामा करिव दुुई अर्बको कारोबार
काठमाडौं। पछिल्लो समय क्विक रेस्पोन्स कोड (क्यूआर कोड)मा मार्फत हुने कारोबार रकम ह्वात्तै बढेको छ ।
चालू आर्थिक वर्षको माघ महिनामा मात्रै एक अर्ब ७१ करोड २० लाख रुपियाँ बराबरको कारोबार भएको छ ।
यस अवधिमा...
आगामी बजेटमा कोभिड प्रभावित उद्योग व्यवसायलाई उकास्ने कार्यक्रमहरु ल्याउनुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल
इटहरी - नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा कोभिड–९ को महामारीबाट प्रभावित उद्योग व्यवसायलाई उकास्ने गरी कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो ।
शनिबार उद्योग वाणिज्य संघ इटहरीको २२औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड १९ को महामारीका कारण मुलुकको अर्थतन्त्रले धेरै ठूलो क्षति ब्यहोर्नुपरेको र गत वर्षको बजेट तथा मौद्रिक नीतिले समेट्न बाँकी क्षेत्रलाई समेट्ने गरी आगामि वर्षको बजेट आउनुपर्ने बताउनुभएको छ ।
“गत वर्षको बजेट तथा मौद्रिक नीतिले केही हदसम्म भएपनि कोभिड प्रभावित उद्योग व्यवसायलाई राहत दिन खोजिएको थियो । तर पनि यसले धेरै क्षेत्रलाई समेट्न सकेको छैन । यस वर्ष बजेट बनाउँदा कोभिड प्रभावित उद्योग व्यवसायलाई उकास्नेखालका थप नीति तथा कार्यक्रमहरु बनाउनु जरुरी छ,” उहाँले भन्नुभयो ।
प्रादेशिक संरचनामा गइसकेपछि मुलुकमा लगानीको वातावरण बन्दै गएको बताउँदै ढकालले अझै पनि केन्द्र, प्रदेश तथा स्थानीयतहबाट एकै प्रकारका करहरु लिने गरेको हुँदा व्यवसायीहरु दोहोरो करको मारमा परेको बताउनुभएको छ ।
“नयाँ संविधानको निर्माणसँगै मुलुकमा धेरै हदसम्म शान्ति, स्थिरता र विकासको वातावरण बनेको छ । संघीय संरचनामा स्थानीय तहहरुबीच विकासका लागि हुने प्रतिष्पर्धाले हामीलाई उत्साहित पारेको छ । तर पनि केही पुराना संरचना तथा नीतिका कारण अझैपनि हामीले खोजेजस्तो लगानीको वातावरण बन्न सकेको छैन । यसका लागि महासंघले सरकार तथा सरोकारवाला निकायलाई घच्घचाउने नै छ,” उहाँले भन्नुभयो ।
उहाँले अहिले बजेटको निर्माणको प्रकृया सुरुभएकोले यससम्बन्धी हुने छलफलमा निजीकोतर्फबाट आफ्ना एजेन्डाहरु राख्न उद्योगी व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो ।
वरिष्ठ उपाध्यक्ष ढकालले अहिले बैंकको व्याज दर एकल अङ्कमा आएको र कोभिड–१९ को प्रकोप पनि विस्तारै कम हुदै गएकोले मुलुकमा लगानीको लागि उपयुक्त वातारण तयार भएको बताउनु भएको छ ।
जिल्ला नगरका साना व्यवसायिहरुका समस्या समाधानमा जिल्ला नगरका नेतृत्वमा रहेका व्यवसायी साथीहरु आफैमा पनि सक्षम रहेको बताउँदै उहाँले जिल्ला÷नगरका उद्योगी, व्यवसायीहरुका समस्या समाधानका लागि जिल्ला नगरका व्यवसायीहरुसँग होस्टेमा हैँसे गर्न महासंघको नयाँ नेतृत्व सधै तत्पर रहेको बताउनुभयो ।























