देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
शास्त्रमा पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति...
चुम उपत्यकाले अहिंसाको सन्देश दिएकाे छ : प्रम
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको चुम उपत्यकाले सिङ्गो देश र दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको बताएका छन् ।
उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका –७, छेकम्पारस्थित राजेन गुम्बामा ‘अहिंसा अभियान, चुमबासीको पहिचान’ भन्ने नाराकासाथ...
नेप्से सामान्य रूपमा बढ्याे
काठमाडौं । पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से बुधबार सामान्य वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक १५.१३ अंक बढेर १९२०.१२ बिन्दुमा पुगेको छ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.८५ अंकले बढेको छ भने फ्लोट इण्डेक्स...
एकै दिन थपिए १ सय ८ जना कोरोना संक्रमित
काठमाडौं । बुधबार १०८ जना कोरोनाका संक्रमित थपिएका छन् । २ हजार ४५० जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, गएको २४ घण्टाको अवधिमा ३८६ जना सक्रिय...
मिटरब्याज पीडितमाथि भएको दमनविरूद्ध मार्च
काठमाडाैं । मिटरब्याज पीडितमाथि भएको दमनविरूद्ध बृहत् नागरिक आन्दोलनले 'मानव–अधिकार मार्च' गरेको छ।
नागरिक आन्दोलनले बुधबार दिउँसो शान्तिवाटिकादेखि संसद भवनसम्म मार्च गरेको हो।
मिटरब्याज पीडितहरूमाथि सोमबार प्रहरीले गरेको अनावश्यक, निर्मम र अमानवीय दमन गरेको भन्दै त्यसविरूद्ध मार्च गरिएको...
पहेँलो धातु सुनको मूल्य बढ्याे
काठमाडौं । नयाँ वर्ष (२०८० साल)को पहिलो कारोबार दिनदेखि स्थिर रहेको पहेँलो धातु सुनको मूल्य आज (बुधबार) भने बढेको छ। बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा ३००...
एमाले अध्यक्ष ओलीका कारण वामपन्थी कम्युनिष्टमा मुसल पैदा
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई यदुवंशी मुसलको संज्ञा दिएका छन् ।
बुधबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन...
बुढीगण्डकी आयोजना तत्काल निर्माण सुरु गर्न माग
काठमाडौं । धादिङका सांसद राजेन्द्रप्रसाद पाण्डेले बुढीगण्डकी आयोजना तत्काल निर्माण सुरु गर्न माग गरेका छन् ।
उनले प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै आयोजना निर्माण सुरु गर्ने प्रतिवद्धता जनाउन सरकारको नाममा रुलिङ गर्न सभामुखलाई पनि आग्रह गरेका...
छैटौं रोलबल विश्व कपमा सहभागी हुन भारत प्रस्थान गर्ने
काठमाडौं । छैटौं रोलबल विश्व कपमा सहभागी हुन रोलबल टोली बिहीबार भारतको अरुणाचल प्रदेश प्रस्थान गर्ने भएको छ ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
अप्रिल...
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष पियुष राज अर्यालको अध्यक्षतामा अग्रवाल सेवा केन्द्र, कमलपोखरी, काठमाडौंमा सम्पन्न भएको हो ।
सो सभाले प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ...

























