आन्तरिक विमान कम्पनीले भाडामा उच्च दर लिन थाले
काठमाडौं । बाढीपहिरोले प्रमुख राजमार्ग बन्द भएपछि हवाई भाडा अकासिएको छ । अधिकांश आन्तरिक विमान कम्पनीले भाडामा उच्च दर लिन थालेका छन् ।
यात्रु न्यून रहेका बेला यसअघि विमान कम्पनीहरूले कम भाडामा उडाएका थिए ।...
आज मौसम आंशिकदेखि साधारणतया बदली
काठमाडौं । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान...
धादिङको झ्याप्ले खोलामा बस भेटियाे
काठमाडौं । गोरखादेखि काठमाडौंका लागि छुटेको तीन दिनदेखि सम्पर्कविहीन रहेको बस धादिङको झ्याप्ले खोला पहिरोमा भेटिएको छ। पहिरो पन्छाउने क्रममा आज बिहान भेटिएको बस गोरखादेखि हिँडेको रहेको पुष्टि भएको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गोरखाबाट...
विपद्मा परेकालाई खाना र अस्थायी बास व्यवस्था
काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका बाढी पीडितका लागि महानगरमा निःशुल्क खाना र अस्थायी बासको व्यवस्था गरिएको छ । विपद्मा परेका महानगरवासीलाई वडाहरूले अहिले खाना र अस्थायी बास व्यवस्था गरेका हुन् ।
१० नम्बर वडाले शनिबार...
विपद्मबाट कारण देशभरि १६ जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । बाढी र पहिरोका कारण देशभरि १६ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (नेपाल) (इप्पान) का अनुसार कतिपय आयोजनाको पावर हाउस डुबेको छ भने कतिपयमा उत्पादन नै बन्द गर्नुपर्ने अवस्था...
गोरखाको बस सम्पर्क अझै विहीन
गोरखा । गोरखाबाट काठमाडौंका लागि छुटेको बस सम्पर्क अझै विहीन भएको छ ।
शुक्रबार धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौं जाँदै गरेको ना४ख २२७० नम्बरको बस हालसम्म पनि सम्पर्कमा नआएको गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिले जनाएको...
पहिरोमा परेर प्रमुख सेनानीको मृत्यु
काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ ।
मृत्यु हुनेमा कर्णेल मिलन केसी रहेका छन् । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव केसीका अनुसार उनी सैनिक प्रतिष्ठान...
भारी वर्षापछि आएको बाढीपहिरोमा फसेका जनताका उद्धार गर्न सरकार उदासीन
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारी वर्षापछि आएको बाढी र पहिरोमा फसेका जनताका उद्धार गर्न सरकार उदासीन भएको आरोप लगाएका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले भारी वर्षाको पूर्वानुमान हुँदाहुँदै...
विपद्मबाट अहिलेसम्म १ सय १२ जनाको मृत्यु
काठमाडौं । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ११२ जनाको मृत्यु भएको छ । विपद्मा परी हालसम्म ६८ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन् ।
गृह मन्त्रालयका सहसचिव एवं...
सिद्धिस्मृति महिला तथा बाल अस्पतालको सेवा बन्द
भक्तपुर । हनुमन्ते खोलाको बाढी पसेर क्षति पुर्याएपछि भक्तपुर नगरपालिकाको जगाति आदर्शस्थित सिद्धिस्मृति महिला तथा बाल अस्पतालको सेवा बन्द गरिएको छ ।
अस्पताल प्रशासनले शनिबार सूचना जारी गर्दै अस्पतालको अत्यावश्यक सेवा प्रदान गरिँदै आएको भवनभित्र बाढी...

























