अलकायदाले दियो तालिबानलाई औपचारिक बधाई
काठमाडौं । अफगानिस्तानलाई दोस्रोपटक नियन्त्रण गरेपछि मुस्लिम कट्टरपन्थी संगठन अलकायदाले तालिबानलाई आज औपचारिकरुपमा बधाई दिएको छ ।
अलकायदाको दक्षिण एसिया इकाइले बयान जारी गर्दै अफगानिस्तानमा तालिबान नियन्त्रणको स्वागत गरेको छ । अलकायदा इन इन्डियन सबकन्टिनेन्टले...
घुससहित सशस्त्र प्रहरीका हवल्दार पक्राउ
महोत्तरी । महोत्तरीमा घुससहित सशस्त्र प्रहरीका हवल्दार पक्राउ परेका छन् ।
बुधबार महोत्तरीको गौशालाबाट ५ हजार रुपैयाँ घुस रकम सहित सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार सहित २ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले पक्राउ गरेको हो...
दार्चुला घटनाकाे प्रतिवेदन बुझाउने तयारी
काठमाडाैं । दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले आगामी हप्ता आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ । पटक–पटक म्याद थप हुँदासमेत...
प्रधान साहित्यकार पुरस्कार शान्तराज शाक्यलाई प्रदान
ललितपुर । साहित्यकार शान्तराज शाक्यलाई यस वर्षको प्रधान साहित्य पुरस्कार प्रदान गरियो । स्वर्गीय कवियत्री मन्दिरा प्रधानको नाउँमा ४९ वर्ष अघि स्थापित सो पुरस्कार नेपाल भाषाको साहित्यमा योगदान पु(याउने साहित्यकारलाई दिँदै आएको छ ।
ललितपुरमा...
एनआईसीकाे सुपर चमत्कारिकमा २० लाख बीमा रकम भुक्तानी
काठमाडौं । एन.आई.सी. एशिया बैंकले ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत २ जना खाता वालालाई जनही १०–१० लाख गरी कुल २० लाख बीमा रकम भुक्तानी गरेको छ ।
बैंकको काठमाडौं स्थित कमलादी...
अहिलेसम्म ९३.५ प्रतिशत सङ्क्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ८६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नौ हजार ७११ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण...
स्रोत नखुलेको ८५ लाख ५६ हजार सहित ३ जना पक्राउ
काठमाडौं । स्रोत नखुलेको ८५ लाख ५६ हजार रुपैयाँ सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं चण्डोल बस्ने बारा सिमरा उपमहानगरपालिका-२ घर भएका ३२ वर्षीय लक्ष्मण पौडेल, काठमाडौं...
भारतमा एकैदिन ३७ हजार ५९३ जना सङ्क्रमित थपिए
काठमाडौं । भारतमा गएको चौबीस घण्टामा ३७ हजार ५९३ जना सङ्क्रमित पहिचान गरिएको छ । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन करोड २५ लाख १२ हजार ३६६ पुगेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा...
डेढ वर्षदेखि जयवागेश्वरीको आकाशे पुल अलपत्र
काठमाडौं । भक्तजनको भीड हुने पशुपति क्षेत्रस्थित जयवागेश्वरी मन्दिरअघि काठमाडौं महानगरपालिकाले निर्माण शुरु गरेको आकाशेपुल डेढ वर्षदेखि अलपत्र बनेको छ ।
पशुपति क्षेत्रस्थित महानगरपालिका–८ जयवागेश्वरीबाट पशुपतिनाथ मन्दिर जान धेरै मानिसले आवतजावतका लागि सडक पार गर्न...
चाडका पूर्व राष्ट्रपति हाब्रेको ७९ बर्षको उमेरमा निधन
डकार । युद्ध अपराध र मानवता विरुद्धको अपराधका लागि सेनेगलमा आजिवन जेल सजाय भोग्दै आएका चाडका पूर्व राष्ट्रपति हिसेन हाब्रेको ७९ बर्षको उमेरमा निधन भएको सेनेगलका न्यायमन्त्री मलिक सालले मङ्गलबार बताउनुभएको छ ।
“हाब्रे भगवान्को साथमा...

























