म्याद गुज्रिएका खाद्यवस्तु रिलेभलिङ गरी बिक्री गर्ने एक पक्राउ   

काठमाडौं । म्याद गुज्रिएका खाद्यवस्तु रिलेभलिङ गरी बिक्री गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालिका सुपरभाइजर काठमाडौं चन्द्रागिरी नगरपालिका-६ बस्ने ३१ वर्षीय सुवास खड्कालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न म्याद गुज्रिएका खाद्य...

इन्धनको ढुवानी नरोक्न आग्रह

काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध नगर्न नेपाल आयल निगमले व्यवसायीहरुलाई आग्रह गरेको छ । ढुवानी भाडा समायोजनको माग राख्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विभिन्न प्रदेशहरुमा पीडीओ (प्रडक्ट डेलिभरी अर्डर) नलिने घोषणा गरेपछि...

४९ विद्यालयलाईल एक लाखका दरले रकम उपलब्ध गराउने

तनहुँ । तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४९ विद्यालयलाई प्रतिविद्यालय रु एक लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले प्रतिविद्यालय रु एक लाखका दरले रु ४९...

गण्डकी प्रदेश सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

गण्डकी । प्रतिमान निमा स्मृति प्रतिष्ठानले गण्डकी प्रदेश सरकारलाई कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरे...

मेडी क्वेस्ट ल्याबरोटोरीमा कुमारी बैंकका ग्राहकलाई २०% सम्म छुट

काठमाडौं । कुमारी बैंकका ग्राहकहरुले ललितपुरस्थित मेडी क्वेस्ट ल्याबरोटोरीमा २०% सम्मको छुट पाउने भएका छन् । बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य र मेडी क्वेस्ट ल्याबरोटोरीका कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले उक्त छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर...

एक खर्बले बढ्यो रेमिटेन्स बढ्याे

काठमाडौं । अघिल्लो वर्षको तुलनामा करिब एक खर्ब रूपैयाँले रेमिटेन्स बढेको छ । कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिटेन्स आप्रवाह भने वृद्धि भएको हो। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८...

परराष्ट्र मन्त्रालय दुई महिनादेखि नेतृत्वविहीन

काठमाडौं । संकटका बेला महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने परराष्ट्र मन्त्रालय दुई महिनादेखि नेतृत्वविहीन छ। मुलुक विश्वव्यापी कोरोना महामारीको चपेटामा परिरहेका बेला खोप तथा स्वास्थ्य सामग्री खरिदमा अग्रसरता लिनेदेखि छिमेकी तथा मित्र राष्ट्रहरूसँग समन्वय गर्ने हिसाबले...

राजस्वमा आयल निगमको झण्डै खर्ब योगदान

काठमाडौं । नेपाल आयल निगमले सरकारलाई राजस्वमा झण्डै एक खर्ब रूपैयाँ योगदान गरेको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन ल्याएर बिक्री गर्दा विभिन्न शीर्षकमा सरकारलाई उक्त राजस्व बुझाएको हो। निगमले भन्सार शुल्क, सडक मर्मत...

अफगानिस्तानबाट ७ सय ७० जना नेपालीको उद्वार जारी

काठमाडौं । अफगानिस्तानमा उत्पन्न जटिल परिस्थितिका कारण त्यहाँ रहेका कतिपय नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रयास जारी छ । सरकारले परराष्ट्र मन्त्रालयअन्तर्गत समिति बनाएर समन्वय गरिरहेको छ । मन्त्रालयका अनुसार एक साताको अवधिमा जम्मा ७७० जना नेपाली नागरिक...

अफगानी महिला फुटबल टाेलीको उद्धार

एजेन्सी । तालिबानले सत्ता कब्जा गरेपछि यति बेला अफगानिस्तानमा ठूलै हलचल मच्चिएको छ । पछिल्ला घटनाक्रमले देशभर त्रास फैलिएको छ । तालिबानको आगमनपछि महिला फुटबल खेलाडी डरमा रहेको भन्दै विभिन्न संघ संस्था लगायतले चाँडोभन्दा चाँडो...

RECENT POSTS

HOT NEWS