महाकाली नदीमा हाम फालेर बेपत्ता
दार्चुला । दार्चुलामा एक महिला महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छिन्।
शनिबार साँझ ६:३० बजे सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट हामफालेर महाकाली नगरपालिका–१ की २५ वर्षीया धनिसा कुँवर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना...
सुनको मूल्य वृद्धि
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएकामा आजका लागि रु एक...
एसबीआई बैङ्कद्वारा धनगढीको सामुदायिक विद्यालयमा पोसाक उपलब्ध
काठमाडौं । नेपाल एसबीआई बैङ्कले सामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर) अन्तर्गत धनगढीको एक सामुदायिक विद्यालयमा छात्राहरूलाई पोसाक उपलब्ध गराउने उद्देश्यले मेयर शैक्षिक विकास कोषमा आर्थिक सहयोग गरेको छ ।
बैङ्कका धनगढी शाखा प्रबन्धक, विजय महर्जनले धनगढी...
सौर्य एयरको विमान दुर्घटनामा मृत्यु भएका १७ जनाको दाहसंस्कार
काठमाडौं । सौर्य एयरको विमान दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये १७ जनाको शव परिवारले बुझेर दाहसंस्कार गरेका छन् । शुक्रबार ६ र हिजाे शनिबार ११ जनाको शव परिवारले बुझेका त्रिवि शिक्षण अस्पतालमा शव हस्तान्तरणमा...
ओलम्पिकमा टेबलटेनिस खेलाडी श्यान्टु श्रेष्ठ पराजित
काठमाडौं । नेपाली टेबलटेनिस खेलाडी श्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ को पहिलो खेलमै पराजित भएका छन् ।
प्रारम्भिक चरण अन्तर्गत शनिबार भएको खेलमा २४ वर्षीय श्यान्टु सेनेगलका खेलाडी ३२ वर्षीय इब्राहिम डियाबसँग ४-० ले पराजित...
देशभर साधारणतया बदली
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी...
काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ को छात्रवृत्ति प्रकाशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि लिइएको परीक्षाबाट मनोनयन सूची (म्याचिङ्) लिष्टमा परेका २ हजार ८५९ जना विद्यार्थीका नाम प्रकाशन गरेको छ । महानगरपालिकाले छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार शनिबार सूची प्रकाशन...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । सुनसरी, भोक्राहानरसिंह गाउँपालिका-६ फुल चोकस्थित सडकमा प्रदेश १-०२- ००१ ख ८१५६ नम्बरको ट्रकले को. २४ प ८४७ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय लक्ष्मण उरावको...
स्पेन नकआउट चरणमा प्रवेश
काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलमा लगातार दोस्रो जित निकाल्दै स्पेन नकआउट चरणमा प्रवेश गरेको छ । समूह सी अन्तर्गत स्पेनले गएराति डोमिनिक रिपब्लिकलाई ३-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का...
भरूवा बन्दुक बरामद
रूकुम पूर्व । पुथाउत्तरगंगा गाउँपालिका-१३ लाप्चे भन्ने जंगलको ओढारबाट भरूवा बन्दुक १ थान शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
उक्त जंगलको ओढारमा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रूकुमबाट खटिएको...






















