एक किलो एक सय ग्राम कोकिन सहित दुई जना पक्राउ
काठमाडौं । काठमाडौंस्थित होटलमा बस्दै आएका २ जना विदेशी नागरिकलाई १ किलो १ सय ग्राम अवैध लागूऔषध कोकिन सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नाइजेरियन नागरिक ४४ वर्षीय IKECHUKWU CYRIL OBODOEFULA...
उपप्रधानमन्त्री मन्त्री सिंहसँग तीन वटा सुरक्षा निकायका प्रमुखले संयुक्त रूपमा शिष्टाचार भेट
काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग तीन वटा सुरक्षा निकायका प्रमुखले संयुक्त रूपमा शिष्टाचार भेट गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयलमा बुधबार भएको भेटमा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुवँर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक...
किरण र धर्मेन्द्र बाँस्तोलाको पार्टी फुट्याे
काठमाडौं । मोहन वैद्य किरण र धर्मेन्द्र बाँस्तोलाको पार्टी एकता भएको दुई वर्षमै फुटेको छ। मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा सहसंयोजक रहेका धर्मेन्द्र बाँस्तोलाले मंगलबार वक्तव्य जारी गर्दै पार्टी फुटेको घोषणा गरेका...
सुनको मूल्यमा सामान्य गरावट
काठमाडौं । सुनको मूल्यमा बिहीबार सामान्य गरावट आएको छ। बुधबार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ३०० रुपैयाँ घटेर १ लाख ४९ हजार ५०० रुपैयाँ कायम भएको...
सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट गरेको आरोपमा ५ जना पक्राउ
विराटनगर । धरानमा कार्यरत सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
बुधबार दिउँसो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धमलालाई आक्रमण गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई धरानका मेयर हर्क साम्पाङगका...
बानेश्वर चोकमा गुडिरहेको बसबाट धुँवाको मुस्लो निस्कियाे
काठमाडौं । भक्तपुरबाट काठमाडौंतर्फ आइरहेको प्रदेश ३ ०१ ००५-ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट निस्केको धुँवाको मुस्लो निस्केको छ ।
धुँवा निस्केको देखेपछि यात्रुहरू सबै झरेको र चालकले बस स्टार्ट बन्द...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
जाजरकोट । छेडागार्ड नगरपालिका-३ स्थित स्वास्थ्य चौकी दशेराको स्वास्थ्यकर्मी बस्ने क्वाटरमा बुधबार दिउँसो आगलागी हुँदा स्वास्थ्य सामग्री, लत्ताकपडा, भाँडावर्तन, भवन जलेर नष्ट भएको छ ।
क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा...
ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
ताप्लेजुङ । मैवाखोला गाउँपालिका-२ कागतेस्थित सडकमा प्र.१-०२-००३ त ९६० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय भिम कुमार तामाङको मृत्यु भएको छ ।
मंगलबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका...
डिएसपी हुँ भनी ठगी गर्ने व्यक्ति पक्राउ
बाँके । डिएसपी हुँ भनी ठगी गरेको अभियोगमा दैलेख नारायण नगरपालिका-५ बस्ने ३० वर्षीय नैन सिंह विकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
विकले विभिन्न सरकारी कार्यालयहरूमा गई आफु सिआइबी प्रहरी र राष्ट्रिय अनुसन्धानको डिएसपी...
विद्युत अवरुद्ध हुँदा करिब डेढ घण्टा रोकिए
काठमाडौं । विद्युत अवरुद्ध हुँदा करिब डेढ घण्टा रोकिएको चन्द्रागिरि केबलकार सञ्चालनमा आएको छ ।
बुधबार दिउँसो साढे १ बजे विद्युत अवरुद्ध हुँदा रोकिएको केबलकार दिउँसो ३ बजेपछि सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका...























