गृह मन्त्रालयद्वारा २५ सहसचिव-उपसचिवको सरुवा ( सूचिसहित)
काठमाडौं / गृह मन्त्रालयले २५ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ।
गृहले आइतबार उनीहरुको सरुवा गरेको हो । सर्लाहीका प्रजिअ कृष्णबहादुर राउत सुनसरी पुगेका छन् भने इलाका प्रशासन कार्यालय साँखुका मोहनबहादुर जिसीलाई प्रजिअको जिम्मेवारी...
युवाले ठूलो लक्ष्य राखेर हिँडे नेपाल समृद्ध बन्छ : अध्यक्ष प्रचण्ड
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाले आँट गरे नेपाल सबैभन्दा सभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्ने जनाएका छन् ।
लियो क्लबले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘युवाले लक्ष्य ठूलो राखेर...
सचिवालयमै थन्किएका छन् सांसदका प्रश्न
काठमाडौं / संसदमा शून्य र विशेष समयमा उठाइएका प्रश्नमा विभागीय मन्त्रीको जवाफ नपाएको भन्दै सांसदहरू असन्तुष्ट भइरहेका बेला सदनमा सोध्नका लागि दर्ता गरिएका प्रश्न पनि सचिवालयमै थन्किएका छन् ।
प्रतिनिधि सभा नियमावलीअनुसार सांसदहरूले विभागीय मन्त्रीलाई...
ट्राफिक नियम पालनामा कडाइ, नौ हजार सवारीसाधन कारवाहीमा
बागलुङ / गत आवमा ट्राफिक नियम मिच्ने नौ हजार ४ सय ४५ सवारीसाधन कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार सवारी कारवाहीबाट रु ५७ लाख १५ हजार राजश्व उठेको छ ।
अघिल्लोको...
सरकार र विप्लवलाइ कांग्रेस नेता गगन थापाको सुझाव
काठमाडौं– कांग्रेस नेता गगन थापाले गृहमन्त्री र प्रधानमन्त्रीलाइ विप्लवसँगको व्यवहारमा सीमा ननाघेर व्यवहार गर्न सुझाव दिएका छन् । अनावश्यक बल प्रयोग गर्दा समाज विभाजित हुने खतरा तर्फ सचेत रहन उनले सुझाव दिएका छन् ।...
वैदेशिक रोजगारीः तीन दर्जन युवाबाट लाखौँ असुलेर दलाल बेपत्ता
उदयपुर– वैदेशिक रोजगारीका नाममा उदयपुर जिल्लाभित्रका केही दलालले जिल्लाका युवालाई अफगानिस्थानदेखि युरोप पठाइदिन्छु भन्दै करोडौँ रकम असुलेर फरार भएपछि उदयपुर जिल्लाका तीन दर्जनभन्दा बढी युवा ठगिन पुगेका छन् ।
जिल्लाको त्रियुगा नगरपालिका–७ सहरेका भरत मगर...
भन्सारै रित्याउने गरी राजस्व हिनामिना
काठमाडौं– विशेष अदालतले ७ करोड रुपैयाँभन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सिमराका तत्कालीन नायब सुब्बा (नासु) मदनकुमार गुप्तासँग राजस्व छलीको तीन मुद्दामा ८६ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ ।
विशेष अदालतका अध्यक्ष...
सर्लाही हत्या प्रकरणमा संसदीय छानबिन समिति गठन नगरे सदन चल्न नदिने
काठमाडौं- राजपा नेपालका अध्यक्ष मण्डलका नवनियुक्त संयोजक राजकिशोर यादवले सरकारले भोलिसम्म सर्लाहीमा संविधानको बर्खिलापमा गैरन्यायिक हत्या भएको र उक्त प्रकरणबारे संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने चेतावनी दिएका छन् ।
आइतबार रिपोर्टर्स क्लब...
राप्रपाको बैठक आज
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहिमा बिहान ९ बजे पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बैठक बस्न लागेको हो ।
केन्द्रीय कार्यसमितिको गत असारमा बसेको...
कार्यकर्ताबाट वडाध्यक्ष कुटिए
पोखरा– पोखरा महानगर वडा न २१ का अध्यक्ष खगराज आचार्य आफ्नै कार्यकर्ताबाट कुटिएका छन् ।
आइतबार साँझ राष्ट्रबैंकचोकस्थित जुस पसलमा बसिरहेको बेला कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाका अध्यक्ष दाताराम आचार्यले वडाध्क्षमाथि कुटपिट गरेको प्रहरिले जनाएको छ...

























