डा.गोविन्द केसीलाई राजपाको साथ !

काठमाडौं / राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि एक मात्र संशोधन प्रस्ताव परेको छ। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका राष्ट्रिय सभा सदस्य बृषेशचन्द्र लालले उक्त संशोधन प्रस्ताव दर्ता गराएका छन्। लालले दर्ता गराएको संशोधन अनशनरत डा.गोविन्द केसीको मागसँग...

‘सङ्घीयता कार्यान्वयनले मात्र शहीदका सपना पूरा हुन्छन’

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शहीदको रगतले लेखेको इतिहासको सम्मान उनीहरुका सपना पूरा गरेर मात्र हुने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार आयोजित शहीद दिवस कार्यक्रममा मुख्यमन्त्री शाहीले विसं २००७ को जहानियाँ...

चीनसँग जोडिएका १५ नाका सञ्चालनमा ल्याइने

भोजपुर, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले चीनसँग जोडिएका १५ नाका सञ्चालनमा ल्याउन लागेको जानकारी गरएका छन् । जिल्लाको गोगनेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा जानकारी गराएका हुन्। उनले तीन तहको सरकार बनिसकेकाले...

सुमधुर स्वरका धनी गायक सुरेन्द्रका दुई गीत सार्वजनिक

गायक सुरेन्द्र राईले आफ्नै स्वर र शब्दमा दुईवटा गीत सार्वजनिक गरेका छन् । सुमधुर स्वरका धनी  गायक सुरेन्द्र राईको आफ्नै स्वर र शब्दमा एकान्तमा रुदै बस्छु र  तिम्रो छेउ बस्दा खुशी लाग्छ सारा...भन्ने गीतको बोल सार्वजनिक गरिएको...

प्रहरीको लाठीचार्ज बाट नेविसंघ मीनभवन क्याम्पसका सभापति तिमल्सिना घाइते

काठमाडौं /   नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले सरकार विरुद्धको आन्दोलनलाई निरन्तरता दिएको छ। आज दिउँसो बानेश्वरमा सरकार विरुद्ध नेपाल विद्यार्थी संघ मीनभवन क्याम्पसले प्रदर्शन गर्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जबाट नेपाल विद्यार्थी संघ मीनभवन...

अमेरिका, चीन व्यापार वार्ता वासिङ्टनमा शुरु

वासिङ्टन/संयुक्तराज्य अमेरिका र चीनबीच दोस्रो चरणको व्यापार वार्ता बुधबार वासिङ्टन डिसीमा शुरु भएको छ । अमेरिकाले चिनीया विशाल टेलिकम कम्पनी हुवावे विरुद्ध दुई दर्जनभन्दा बढी फौजदारी अभियोग लगाएपछि उत्पन्न गतिरोधबीच वार्ता शुरु भएको छ...

ब्रेक्जिटः बेलायती प्रधानमन्त्रीलाई नयाँ म्यान्डेट

लन्डन/युरोपेली युनियन (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सम्बन्धी यसअघि इयूसँग गरिएको सम्झौतामा पुनर्विचार गर्न बेलायतको संसदले प्रधानमन्त्री थेरेसा मेलाई अख्तियारी दिएको छ । तर इयूका नेताहरुले यसअघि बेलायतसँग भएको सम्झौतामा पुनर्विचार हुनै नसक्ने अडान...

अन्ना हजारेद्वारा आमरण अनसन आरम्भ

रलेगण सिद्धी/भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेले बुधबारदेखि आफ्नै गाउँमा आमरण अनसन सुरु गर्नुभएको छ । केन्द्रमा लोकपाल र प्रदेशमा लोकायुक्तहरु नियुक्त गर्ने व्यवस्थासहितको लोकपाल विधेयक कार्यान्वयन गर्न माग गर्दै अनसन सुरु गर्नुभएको हो...

शहीदप्रति सम्मान गर्दै प्रेस काउन्सिल नेपालमा मनाइयो शहीद दिवस

काठमाडौं / प्रेस काउन्सिल नेपालले शहीद दिवसको अवसर पारेर शहीदप्रति सम्मान गर्दै पत्रकार स्तम्भमा माल्यापर्ण गरेको छ । कार्यक्रममा कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, मुख्य अधिकृत झविन्द्र भुसाल,सह–प्रशासकीय अधिकृत एवं सूचना अधिकारी दीपक खनाल, उप–प्रशासकीय...

मेक्सिको पाइप विस्फोटनमा परि ११७ जना मृत्यु

मेक्सिको सिटी/इन्धनको पाइप विस्फोटनमा परी मेक्सिकोमा मृत्यु हुनेको सङ्ख्या ११७ पुगेको छ । यही जनवरी १८ तारिखका दिन मेक्सिकोको हिडाल्गोमा भएको घटनामा परी मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म ११७ पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् ।...

RECENT POSTS

HOT NEWS