आदिकवि भानुभक्तको जन्मजयन्ती तीन दिन मनाइने
डुम्रे । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ ।
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा दीपावली, खुला कविता प्रतियोगिता र रामायण वाचन प्रतियोगिता गरिने आदिकवि भानुभक्त...
पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्ष एसइई उत्तीर्ण
बेनी । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण हुनुभएको छ ।
माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी हुनुभएका वडाध्यक्ष रोकाले दुई दशमलव...
डिजिटल वित्तीय सेवा वित्तीय प्रणालीको अभिन्न अङ्ग : गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल वित्तीय सेवा वित्तीय प्रणालीको अभिन्न अङ्ग रहेको धारणा राख्नुभएको छ ।
साउथ एसियन रिजनल फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ (सारफी) द्वारा आयोजित साउथ एसिया लिडर्स राउन्ड टेबल विषयक भर्चुअल...
चलचित्र अभिनेता सारुक ताम्राकार मृत फेला
काठमाडौं । चलचित्र अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन् । ३१ वर्षीय ताम्राकार काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा गएराति ११ बजे झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
उनी भर्याङको रेलिङका प्लास्टिकको पाइपले पासो लगाएको अवस्थामा मृत फेला परेका...
बाढीले मेलम्ची र फट्टेको ह्युमपाइपमा क्षति
मेलम्ची । अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पुर्याएको छ ।
गए रातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीको ह्युमपाइपमा क्षति भएको फट्टेका स्थानीय दशरथ दनुवारले जानकारी दिनुभयो । “फट्टेबाट अब...
बेरोजगारी सङ्ख्या तीन लाखमा झार्ने योजना
काठमाडौं । राष्ट्रिय योजना आयोगले २०८६ सालसम्म नेपालमा बेरोजगारीको सङ्ख्या वार्षिक तीन लाखमा झार्ने योजना प्रस्तुत गरेको छ ।
आयोगका सदस्य डा. रमेश पौडेलको संयोजकत्वमा गठित निर्देशक समितिको मानव संसाधन विकास योजनासम्बन्धी मस्यौदा प्रतिवेदनले यस्तो...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं, २१ असार काठमाडौं महानगरपालिका-३ पानीपोखरीस्थित सडकमा बा.८२ प १२२५ नम्बरको मोटरसाइकललाई बा.५ ख ३१९३ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका-४ चुनदेवी गणेशबस्ती घर भएकी ६० वर्षीया रचना गौचनको बुधबार दिउँसो मृत्यु...
एसइई परीक्षा ४३१ जनाको रद्द, २९० को स्थगित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ सय ३१ जनाको परीक्षा रद्द गरेको छ।
बिहीबार नतिजा सार्वजनिक गरिसकेपछि पत्रकार सम्मेलनमा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले २ सय ९० जनाको परीक्षा विभिन्न कारणले...
उपमेयर सुनिता डंगोलले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट पेश
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पास गर्न बोलाइएको काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित भएको छ ।१० असारमा उपमेयर सुनिता डंगोलले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट पेश गरेकी थिइन् ।
नेपाली कांग्रेसबाट निर्वाचित...
मल खरिद र वितरणको विषयमा सबै पक्ष गम्भीर हुन आवश्यक
काठमाडौं । प्रतिनिधिसभा अर्थ समितिका ज्येष्ठ सदस्य तथा सभापति विनोदकुमार चौधरीले मल खरिद र वितरणको विषयमा सबै पक्ष गम्भीर हुन आवश्यक रहेको बताएका छन्।
बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले किसानलाई वितरण गर्ने रासायनिक मलबारे ठोस कार्ययोजना...

























