इन्धनको मुल्य घटाएसँगै आन्तरिक उडानमा हवाई भाडा घटयाे
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मुल्य घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा हवाई भाडा घटाएको छ ।
असार २० गते बुधवारदेखि लागू हुने गरी आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म...
मनोरञ्जन शुल्क समावेश गरेर डिजिटल प्रणाली सञ्चालनमा ल्याउन निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका १७ वटा फिल्म हललाई मनोरञ्जन शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल प्रणाली सञ्चालनमा ल्याउन निर्देशन दिँदै पत्र काटेको छ ।
फिल्म हलको टिकट डिजिटल प्रणालीमा लैजान र...
ललितपुरको ऐतिहासिक अदालत भवन पुनर्निर्माणको प्रतीक्षामा
ललितपुर । ललितपुरको पाटन म्युजियमको छेउमा अदालत भवन नामको एउटा ऐतिहासिक भवन छ । घाँसले ढपक्क ढाकेको उक्त भवनको एउटा कोठा इलाका हुलाक कार्यालयले प्रयोग गरिरहेको छ । राणाकालीन संरचनाको अदालत भवनको अवस्था निकै नाजुक...
राजस्व सङ्कलन लक्ष्यको करिब ६४ प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य रु १४ खर्ब तीन अर्ब १४ करोड राखिएकोमा असार १८ गतेसम्म रु आठ खर्ब ९९ अर्ब पुगेको छ ।
अर्थ मन्त्रालयका अनुसार यो राजस्व सङ्कलन लक्ष्यको करिब...
हनुमानढोका परिसरमा सवारीसाधन निषेध
काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ। सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको हो।
महानगर प्रमुख बालेन्द्र साहले यहाँको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको बताए। ‘विश्वलाई गौरवसाथ देखाउन...
मेक्सिकोका एक मेयरले गोहीसँग बिहे गरेपछि…
नेपालमा खडेरी परेको बेला वर्षा होस् भनेर भ्यागुताको बिहे गरिदिने चलन छ । मानिसले जनावरसँग बिहे गरेको कुरा भने नेपालमा सुनिदैन ।
तर, मेक्सिकोमा भने एकजना मेयरले एक खतरनाक जनावरसँग बिहे गरेका छन् ।
मेक्सिकोको ओआक्साका...
एसईईको नतिजा लेटर ग्रेडिङ निर्देशिका सार्वजनिक हुने
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा लेटर ग्रेडिङ निर्देशिका–२०७२ अनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ ।
आज साेमवार बसेको बोर्डकाे बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको...
फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु
एजेन्सी। अमेरिकाको पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ ।
आक्रमणकारीलाई हिरासतमा लिइएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार बुलेटप्रुफ ज्याकेट लगाएका एक व्यक्तिले अन्धाधुन्द गोली चलाएका थिए ।...
सभामुख देवराज घिमिरेको कार्यकक्षमा शीर्ष नेताहरुको बैठक जारी
काठमाडौं । संसदीय समितिका सभापति चयन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री र सभामुखसहित शीर्ष नेताहरुको बैठक जारी छ ।
सिंहदरवारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा जारी बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख...
सुनचाँदीको भाउ बढ्यो
काठमाडौं । मंगलबार सुन र चाँदीको भाउ बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४००, तेजावी सुनको मूल्य तोलामा ३५० र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ ।
आज...

























