छात्रवृत्ति नदिने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी
काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने भएको छ ।
महानगर प्रमुख बालेन्द्र शाहले महानगर अन्तर्गत सञ्चालित विद्यालयले यही जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरिएको विवरण महानगरमा नबुझाए प्रचलित कानुन बमोजिम कारबाही...
अर्थ मन्त्रालयमा पूर्वकर्मचारीको नियुक्तिबारे स्पष्ट पार्न माग
काठमाडौं ।प्रतिनिधि सभा बैठकमा अर्थ मन्त्रालयमा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई विगतको सरकारले नियुक्त गरिएको र हालसम्म सेवामा निरन्तरता दिइएको विषयमा स्पष्ट पार्न माग गरिएको छ ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले विगतदेखि हालसम्म ती पूर्वकर्मचारीलाई...
भाेलि राष्ट्रियसभाको बैठक बस्ने
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समय नदिएपछि राष्ट्रिय सभाको मंगलबार बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको छ।
जेठ १७ गतेदेखि २१ गतेसम्म भएको भारत भ्रमणबारे र नागरिकता विधेयकबारेमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितले जवाफ...
आज सुनको भाउ बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ पुग्याे
काठमाडौं । मङ्गलबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनको भाउ बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको हो । यसअघि छापावाल...
सावधान फेसबुकमा यस्ताे मेसेज आएमा ? लिंक नखोल्नु हाेला
फेसबुकमा पछिल्लोपटक ह्याकरहरुले एक नयाँ ठगी अर्थात् स्क्याम सुरु गरेका छन् । यसमा ह्याकरहरुले एउटा लिंकको मद्दतले प्रयोगकर्ताका व्यक्तिगत जानकारी तथा पैसासमेत चोरी गर्ने गरेका छन् ।
Look Who Just Died नामक स्क्यामका बारेमा अष्ट्रेलियाले...
कलीकोट बालमैत्री वातावरण बनाउने
कलीकोट। कालीकोट जिल्लाको तिलागुफा नगरपालिका बालमैत्री वातावरण बनाउन लागि परेको छ । दैनिक हुने क्रियाकलापमा नगरपालिकाले अनिवार्य बालमैत्री स्थानीय शासनका सुचकमा टिकेर काम गरिरहेको छ ।
नगरपालिका भित्रका ११ वडा मध्य ४ वटा वडा बालमैत्री स्थानीय...
सामुदायिक वनमा महिलाको शव फेला
धनगढी । कैलालीमा सामुदायिक वनमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ ।
जिल्लाको गौरीगंगा नगरपालिका-२ की २७ वर्षीया कविता बुढाको शव घर नजिकैको सामुदायिक वनमा गाडेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए...
सञ्चारमन्त्री शर्मासँग ‘भर्चुअल’ संवाद गर्न सकिने
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग जुनसुकै ठाउँमा बसेर पनि ‘भर्चुअल’ संवाद गर्न सकिने भएको छ । मन्त्रालयबाट हुने कार्य सम्पादनलाई प्रभावकारी बनाउन नागरिकका सुुझाव र गुनासो सहज प्राप्त होस् भनेर यस्तो...
धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या
काठमाडौं । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै जहाज काठमाडौँ फर्किएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौँ–धनगढी उडानको ड्यास आठ (–८) जहाज विमानस्थलबाट उडेर ५० माइल पुगेपछि जहाजको...
नेपाल आम विनाश हतियार निशस्त्रीकरणको पक्षमा
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आणविक प्रतिबन्ध सन्धि संगठन (सीटीबीटीयो)का कार्यकारी सचिव रोर्बट फ्लोएड बीच शिष्टाचार भेटवार्ता भएको छ ।
अध्यक्ष तिमिल्सिना र कार्यकारी सचिब फ्लोएड बीच सिंहदरबारस्थित संसद सचिवालयमा भेटवार्ता भएको...





















