प्रजातन्त्र समर्थकका नेता वोंग पक्राउ
एजेन्सी / हङकङमा प्रहरीले प्रजातन्त्र समर्थक नेता जोशुआ वोंगलगायत तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउको पुष्टि भने अझै गरेको छैन । हङकङमा प्रजातन्त्र समर्थकको प्रदर्शन अझै जारी नै छ । उनलाई प्रहरीले...
भारतीय सेनाद्वारा कश्मीरका स्थानीयमाथि निर्घात कुटपिट
एजेन्सी– जम्मु कश्मीरको संवैधानिक स्वतन्त्रता नियन्त्रणमा लिएसँगै भारतीय सेनाले कश्मीरका सर्वसाधारणलाई कुटपिट गरेको छ। भारत सरकारको निर्णयको विरोध गर्नेहरुलाई नियन्त्रणमा लिएर यातना दिएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको।
सुरक्षाकर्मीले सर्वसाधारणलाई टेलिफोनका तारले कुटेको र करेन्ट...
पेरुमा बालबालिकाको सामूहिक चिहान भेटियो
एजेन्सी / दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविदहरुले २२७ जना बालबालिकाको सामूहिक चिहान फेला पारेको जनाएका छन् । कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै अघिको अनुमान गरिएको यो चिहान आजसम्म फेला पारिएकोमा सबैभन्दा ठूलो हो ।
राजधानी शहर...
जाकर्ता डुब्दै गएपछि इण्डोनेशियाद्वारा नयाँ राजधानी बनाउने क्षेत्र घोषणा
इण्डोनेशिया / इण्डोनेशियाको राजधानी जाकर्ता जलवायु परिवर्तनका कारण डुब्दै गएको छ । जाकर्ता डुब्दै गएपछि इण्डोनेशियाद्वारा राजधानी सर्ने भएको छ । इण्डोनेशियाले जाकर्ताबाट राजधानी सारेर नयाँ राजधानी बनाउने घोषणा गरेको छ ।
राष्ट्रपति जोको विदोदोले...
अमेजनको डढेलो नियन्त्रण गर्न संयुक्त योजनाबारे ब्राजिल– कोलम्बियाका राष्ट्रपतिबीच छलफल
ब्रासिलिया / अमेजनको जंगलमा लागेको डढेलो नियन्त्रणका विषयमा ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले कोलम्बियाका राष्ट्रपतिसमक्ष संयुक्त योजना बनाउने बारेमा छलफल गरेका छन् ।
पृथ्वीको फोक्सोको उपमा पाएको अमेजन जंगलको अधिकांश भाग ब्राजिलमा पर्दछ । ब्राजिलका राष्ट्रपति...
धनी राष्ट्रहरूको समूह ‘जी–सेभेन’ सम्मेलन : समकालीन विश्वका जल्दाबल्दा मुद्दालाई प्रथमिकतामा
फ्रान्स / फ्रान्सको बियारिचमा जी–७ को ४५औँ संस्करण अगस्ट २४–२६ मा सम्पन्न भयो । यस सम्मेलनमा समकालीन विश्वका जल्दाबल्दा मुद्दालाई प्रथमिकतामा राखेर रणनीति बनाउने र त्यस सम्बन्धमा साझा धारणा बनाउने प्रयास गरिन्छ ।
द्वितीय विश्वयुद्धपछि...
अमेरिकी ड्रोनमाथि क्षेप्यास्त्र आक्रमण
एजेन्सी / यमनमा अमेरिकी ड्रोनमाथि क्षेप्यास्त्र प्रहार भएको छ। क्षेप्यास्त्र आक्रमणले अमेरिकी ड्रोन खसेर पूर्ण रुपमा नष्ट भएको अमेरिकाले जनाएको छ।
मंगलबार यमनमा अमेरिकी ड्रोनमाथि आक्रमण भएको हो। अमेरिकाले इरानस्थित हुथी विद्रोहीले आफ्नो ड्रोनमा आक्रमण...
इन्डोनेसियामा आदिवासी आन्दोलनको ‘हिंस्रक’ रुप
काठमाडौं / इन्डोनेसियाको पश्चिमी क्षेत्र पपुवाको आन्दोलन चर्किएको छ । आन्दोलन हिंस्रक बन्न थालेको छ ।
आदिवासी पपुवान विद्यार्थीहरुमाथि प्रहरीले दमन गरेको भन्दै आक्रोशित बनेका प्रदर्शनकारीले सार्वजनिक भौतिक पूर्वाधारमा आगो लगाउनुका साथै सडक समेत भत्काइदिएका...
अमेजन जंगलमा आगलागी,डढेलो लगाउने क्रम अधिक
ब्राजिलको अमेजन रेनफरेस्ट तीव्र गतिमा फडानी भइरहेको छ । यसैक्रममा अमेजन रेनफरेस्टमा यो वर्ष डढेलो लगाउने क्रम अधिक भएको पछिल्लो तथ्यांकले देखाएको छ ।
ब्राजिलको नेशनल इन्स्टिच्युड फर स्पेस रिसर्च (इनपे) ले प्राप्त गरेको नयाँ...
इरानद्धारा अमेरिकी माग अस्वीकार
एजेन्सी / बेलायती उपनिवेश जिब्राल्टरले नियन्त्रणमा लिएपछि कूटनीतिक विवादको केन्द्रमा परेको इरानी तेल ट्यांकर जिब्राल्टरले छाडेको छ । जिब्राल्टरले आफूलाई उक्त तेल ट्यांकर सुपुर्दगी गर्न अमेरिकाले गरेको अनुरोधलाई पनि अस्वीकार गरेको छ । ‘म्यारिन’...

























