वेस्ट ब्याङ्कमा रहेका हमासका नेताको मृत्यु
जेरूसेलम । वेस्ट ब्याङ्कमा रहेका हमासका एक नेताको इजरायली हिरासतमा मृत्यु भएको प्यालेस्टिनी अधिकारीले शुक्रबार जनाएका छन् ।
प्यालेस्टिनी कैदी मामिला निकाय र प्यालेस्टिनी प्रिजनर्स क्लबको संयुक्त विज्ञप्तिका अनुसार दक्षिणी इजरायलको जेलबाट अस्पतालमा सारिएपछि ६३ वर्षीय मुस्तफा मोहम्मद अबू आराको मृत्यु भएको...
बांग्लादेशका प्रधानमन्त्री शेख हसिनाको शासनका लागि विद्यार्थी आन्दोलन गम्भीर चुनौती बन्दै
एजेन्सी । बांग्लादेशका प्रधानमन्त्री शेख हसिनाको शासनका लागि विद्यार्थी आन्दोलन गम्भीर चुनौती बन्दै गएको छ। सातायता बढ्दो विद्यार्थी आन्दोलन देशको सबैभन्दा खराब अशान्तिका रूपमा परिणत भएका विशेषज्ञहरूले जनाएका छन्।
हरेक दिन सडकमा भेला भएका हजारौँ...
बङ्गलादेशमा आन्दोलन हुँदा २५ जनाको मृत्यु
ढाका । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा जारी देशव्यापी आन्दोलनमा अहिलेसम्म देशका विभिन्न स्थानमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । हिंसात्मक विरोध प्रदर्शनका क्रममा सयौँ मानिस घाइते भएका छन् ।
आन्दोलन र हिंसा निरन्तर...
गाजा आक्रमणमा ८१ जनाको मृत्यु
रफाह । इजरायलले गाजामा घर र संयुक्त राष्ट्रसङ्घका शिविरहरूमा गरेको आक्रमणमा परेर कम्तीमा ८१ जनाको मृत्यु भएको छ । मृत्युको यो आँकडा २४ घण्टाभित्रको भएको बताइएको छ ।
गएको १० दिनमा मात्रै इजरायली सेनाले विस्थापित...
बैंककस्थित पाँचतारे होटलमा ६ व्यक्ति मृत
एजेन्सी । थाइल्याण्डको बैंककस्थित पाँचतारे होटलमा ६ जना व्यक्ति मृत भेटिएका छन्। मंगलबार बैंककको ग्राण्ड ह्यात होटलको पाँचौं तलाको एउटै कोठामा ६ जना मृत भेटिएका हुन्।
चौबिस घन्टासम्म उक्त कोठामा बसेकाहरूले काउन्टरमा सम्पर्क नगरेपछि र...
भारतमा भाइरसबाट ६ जना बालबालिकाको मृत्यु
नयाँ दिल्ली । भारतको गुजरात राज्यमा चन्दिपुरा नाम गरेको भाइरसका कारण ६ जना बालबालिकाको मृत्यु भएको आशङ्का गरिएको छ । यो सङ्ख्या जुलाई १० यताको हो ।
योसँगै राज्यमा सो भाइरसको सङ्क्रमणका कारण मर्नेको सङ्ख्या १२...
कानमा पट्टी बाँधेर ट्रम्प सार्वजनिक कार्यक्रममा सरिक
वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आफूमाथि भएको हमलापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन् ।
आइतबार भएको हमलापछि पहिलो पटक सार्वजनिक रुपमा देखिएका उनको कानमा पट्टी बाँधिएको छ ।
रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनका लागि...
इन्डोनेसियाका पूर्व कृषि मन्त्रीलाई १० वर्षको जेल सजाय
जकार्ता । इन्डोनेसियाका पूर्व कृषि मन्त्रीलाई सार्वजनिक कोषको नौ लाख डलर भन्दा बढीको दुरुपयोग गरेको आरोपमा बिहीबार १० वर्षको जेल सजाय सुनाइएको छ ।
स्याहरुल यासिन लिम्पोलाई उनको मन्त्रालयको अधिकारीहरूलाई राज्यको खजाना बाट पैसा पठाउन...
जुन्ता सरकारले मुलुकलाई ध्वस्त पार्ने प्रयास
बैङ्कक । म्यान्मारका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतले बिहीबार मुलुकको जुन्ता सरकारले ‘नियन्त्रण गर्न नसकिने गरी मुलुकलाई ध्वस्त पार्ने प्रयास गरिरहेको’ जस्तो देखिएको चेतावनी दिएका छन् ।
जातीय अल्पसङ्ख्यक सशस्त्र समूहहरूको गठबन्धन र सेनाबिचको झडपहरूले जनवरीमा...
भारतकाे उत्तर प्रदेशमा वर्षाबाट कम्तीमा २२ जनाको मृत्यु
नयाँदिल्ली । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा पछिल्लो २४ घण्टामा वर्षासँग सम्बन्धित घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार जनाएका छन् ।
राहत विभागका अधिकारीहरूका अनुसार अविरल वर्षाले नदीहरूको जलस्तर बढाउँदा राज्यका १२ जिल्लाका...

























