होम आइसोलेसन बस्ने बालबालिका सुरक्षित
काठमाडौं । बालबालिकामा सामान्य लक्षणसहित कोरोना सङ्क्रमण भएको अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने चिकित्सकको सुझाव छ । स्वास्थ्य अवस्था जटिल भए मात्र अस्पताल जानु उचित हुने सुझाव उहाँहरूको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा...
१२ देखि १७ वर्ष उमेरका लागि मोर्डनाको ४० लाख खोप आउँदै
काठमाडौं, साउन ३० । मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मोर्डनाको...
सरकारले दैनिक १ लाख ५० हजारदेखि २ लाख मात्रा लगाउन शुरू
काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप अभियानलाई तीव्रता दिँदै सरकारले दैनिक १ लाख ५० हजारदेखि २ लाख मात्रा लगाउन शुरू गरेको दाबी गरेका छन् । प्रतिनिधिसभाको विहिवार बसेको बैठकमा कोरोना भाइरस संक्रमणको तेस्रो...
मंसिरमा कांग्रेसको महाधिवेशन गर्छौं: सावद
काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी सावदले पार्टीको चौधौं महाधिवेशन आगामी मंसिरमा हुने बताएका छन् । नेता सावदले अब पूर्व कार्यतालिका अनुसार भदौ १६ बाट महाधिवेशन हुन सक्ने अवस्था नरहेको जानकारी दिए ।
नेपाली रेडियो...
अङ्ग्रेजी नयाँ वर्षदेखि विद्युतीय राहदानी
काठमाडौं । आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि विद्युतीय राहदानी नेपालमा औपचारिक रूपमा प्रचलनमा आउने भएकोे छ । विद्युतीय राहदानी प्रचलनमा ल्याउनुअघि त्यसको परीक्षणको तयारी भइरहेको परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागले जनाएको छ ।
आउँदो अक्टोबरको अन्तिम सातादेखि...
पोस्ट कोभिडमा स्नायु समस्या
काठमाडौं, साउन २८ । कोरोना सङ्क्रमित भएको दुई महिनापछि हात दुख्ने समस्याले सताउन थाल्यो ४५ वर्षीय रजिस कार्कीलाई । “किन हात दुखेको थाहै नपाएपछि आफैँले नदुख्ने औषधि सेवन गर्न थालेँ”, उनले भने, “दुखाइ झन्...
एमालेमा विद्रोहको तयारी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान संशोधनसहित सांगठनिक कार्यसम्बन्धी प्रक्रिया अघि बढाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकताको ढोका बन्द भएको निष्कर्षसहित विद्रोहको तयारी गरेको छ। अध्यक्ष ओलीले पार्टीभित्र उत्पन्न...
महाकविको घर भत्काइएकोमा सर्वोच्चद्वारा लिखित जवाफ माग
काठमाडौं । सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘कविकुञ्ज’ घर भत्काउनुपर्ने कारण पेश गर्न नेपाल प्रज्ञा प्रतिष्ठानसँग लिखित जवाफ माग गरेको छ। पूरातात्विक महत्वको घर भत्काएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले दर्ता गरेको निवेदनमाथि सुनुवाइ गर्दै...
नो हर्न स्टिकर अभियान शुरु
काठमाडौं । ध्वनि प्रदूषणले स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले मंगलबारदेखि सवारीसाधनमा हर्न बजाउन निषेध गर्दै ‘नो हर्न स्टिकर अभियान’ शुरु भएको छ। वि.सं. २०७४ साल वैशाख १ देखि उपत्यकाका विभिन्न स्थानमा हर्न निषेधित क्षेत्र घोषणा...
युएई जान नयाँ नियममा विमानस्थलबाट फर्किए डेढ सय यात्रु
काठमाडौं । कोरोना महामारीलाई देखाएर विभिन्न मुलुकले लागु गरेको आआफ्नै नियमका कारण नेपाली युवाले वैदेशिक रोजगारीमा जान समस्या खेप्दै आएका छन्। पछिल्लो समय संयुक्त अरब इमिरेटस् (युएई) ले लागु गरेको नयाँ नियमका कारण सोमबार...

























