आफैँलाईआगो लगाएर युवतीले आत्महत्या गरिन
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा आफैँलाई आगो लगाएर युवतीले आत्महत्या गरेकी छिन् ।
३६ वर्षीय शान्ति श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सिताराम रिजालले रातोपाटीलाई बताए ।
रामेछापको...
सामुदायिक वन क्षेत्रमा डढेलो लागेर, खानीगाउँ जोखिममा
गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा सामुदायिक वन क्षेत्रमा डढेलो लागेको छ । रेसुङ्गा नगरपालिकाको वडानम्बर-८ को खानिगाउँ क्षेत्र नजिकै रेसुङ्गा वनमा शुक्रबार बेलुकीदेखि भीषण डढेलो लागिरहेको छ ।
डढेलो नियन्त्रणका लागि स्थानीय जनप्रनिधि, सुरक्षा कर्मी...
सडक रक्षक संरक्षणमा अतुलनीय योगदान गरेबापत नासिर खान पटेल नेवाः सम्मान
काठमाडौं । एक दशक भन्दा बढि सडक रक्षक कुकुरहरुको संरक्षणमा अतुलनीय योगदानको सम्मान स्वरूप सानो पाईलाका संस्थापक अध्यक्ष ज्यापूनि इन्द महर्जनले नासिर खान पटेल नेवाः लाई खादा ओढाएर रु ५ हजार १ सय २४...
कीर्तिपुरमा मच्छिन्द्रनाथका पुजारी पुगे, १७ सय वर्ष पुरानो परम्पराले पायो निरन्तरता
कीर्तिपुर । कीर्तिपुर र मच्छिन्द्रनाथ यात्रासम्बन्धी छ महिने विवादले बिहीबार मध्यराति अन्तिम टुङ्गो पाएपछि आज (शुक्रबार) मच्छिन्द्रनाथका पुजारी कीर्तिपुर पुगी त्यहाँकी अविवाहित महिला (याकः मिसा)लाई प्रसाद दिनुभएको छ । यसबाट विगत १७ सय वर्षदेखि...
मिथिलाञ्चलका महिला पतिको दीर्घायुको कामनाका लागि (बटसावित्री) पर्व मनाउँदै
धनुषा । पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि मिथिलाञ्चलका महिलाले आज बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन् ।
जेठ कृष्णपक्ष आमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले फरक विधिअनुसार मनाउने चलन...
दाङको देउखुरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २३ जना घाइते
दाङ । दाङको देउखुरीमा शुक्रबार बिहान दुईवटा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियार रहेकी छन् । दुर्घटनामा उनका...
गौतम बुद्धको जन्मस्थलमा सात बुँदे घोषणापत्र जारी
रुपन्देही । सात बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट –२०२३ तथा बिमस्टेकको रजत जयन्ती समारोह सम्पन्न भएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक...
भूकम्प गएको दशक बित्न थाल्यो, अझै हटेन टेको
ललितपुर । पाटन दरबार क्षेत्र आसपासमा केही परम्परागत घर र केही सांस्कृतिक सम्पदाहरू टेकोको भरमा अडिएका छन् । कलात्मक शैलीमा निर्माण गरिएका पुराना घरहरूको तस्बिर विदेशी पर्यटकहरूले अवलोकन गर्दै फोटो खिचिरहेको पनि देख्न सकिन्छ...
साझा यातायातले नयाँ रुटमा विद्युतीय बसमाफर्त सेवा सुरु
काठमाडौं । साझा यातायातले नयाँ रुटमा विद्युतीय बसमाफर्त सेवा सुरु गर्दैछ । साझा यातायातले पाटनढोका–रत्नपार्क–ज्ञानेश्वर–रातोपुल–गौशाला–चाबहिल–बौद्ध–जोरपाटी–दक्षिणढोका रुटमा सोमबारदेखि ३ वटा बिजुली बस चलाउन लागेको हो ।
साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेयका अनुसार यो रुटमा भविष्यमा १५...
केबुलकारमार्फत १ लाख २६ हजार भन्दा बढी भक्तजनले मनकामना दर्शन
चितवन । वैशाख महिनामा केबुलकारमार्फत १ लाख २६ हजार भन्दा बढी भक्तजनले मनकामना मन्दिरको दर्शन गरेका छन् । मनकामना दर्शन प्रालिकाअनुसार १ लाख २६ हजार ३३८ यात्रुहरूले केबलकारमार्फत मनकामनाको दर्शन गर्न यात्रा गरेका हुन्...

























