इश्वी सम्बतको करिब करिब अन्तिममा छौ । डिसेम्बर अन्त्यसँगै सन् २०१९ को जनवरी महिना सुरु केही दिन बाँकी रहेको छ । नयाँ वर्षलाई हामी जति हर्षोल्लास साथ मताएता पनि, त्यति नै विगतका पलहरुलाई राम्रो र नराम्रो यादको रुपमा स्मरण गर्छौ ।
यस वर्ष कयौ घटना भए जसले कसैलाई मिठो याद दिएर गयो भने कयौलाई नमिठा यादहरु दिएर गयो । स्वास्थ्य क्षेत्रको कुरा गर्ने हो भने विशेषगरी, यस वर्ष भारत, दुवई, कतार लगायतका तेश्रो मुलुकमा बसोबास गर्ने मानिसहरुका लागि यो वर्ष खासै त्यति राम्रो रहेन । धेरै भाइरस तथा रोगहरु देखिए जसले मानिसहरुलाई लगातार तनाव दियो । विशेषगरी, जिका भाइरस, निपाह भाइरस, इबोला, डिप्थेरिया, डेंगू आदिले धेरैलाई सतायो ।
जसको प्रभावका कारणले गर्दा यस वर्ष यस्ता भाइरस विश्वको लागि नै ठूलै चर्चाको विषय बन्यो । लाखौ मानिसको मृत्यु समेत भयो । हजारौ मानिस यस्ता भाइरसबाट संक्रमित भए ।
नेपालमै पनि यी मध्य केही रोगहरु देखिए । जसले गर्दा अधिकांश मानिसहरु ससंकित बने । थुप्रै जाँचहरु गरेतापनि विदेशबाट आउने नेपाली कामदारहरुलाई निगरानीमा राखियो । स्वास्थ्य क्षेत्रमै नयाँ चुनौती सिर्जना भयो ।
यस्ता भाइरस तथा रोग सन् २०१९ मा पनि नदोहरिएला भन्न सकिने अवस्था छैन । त्यसैले, यस्तो भाइरस तथा रोगबारे बेलामै सचेत रहन नयाँ वर्षको आगमनसँगै यस्ता केही भाइरसबारे सामान्य जानकारी हासिल गर्न आवश्यक छ ।
चिकनगुनिया
एक किसिमको ज्वरो हो, जसमा जार्नी तथा हड्डीमा असहनीय पिडा हुन्छ । त्यसैले, चिनकगुनियालाई हड्डीलाई प्रभावित पार्ने ज्वरो पनि भन्ने गरिन्छ, यो लामखुट्टेको टोकाईबाट फैलिने गर्छ ।
विश्व स्वास्थ्य संगठनको एक रिपोर्ट अनुसार यस ज्वरोबाट केन्यामा मात्र नभई भारत लगायतका छिमेकी मुलुक पनि प्रभावित भएको थियो ।
यस ज्वरो लागेमा लामखुट्टले टोकेको तीन देखि सात दिन भित्रमा यसको लक्षण देखा पर्न सुरु हुन्छ । यो रोग १९५२ मा पहिलो पटक साउथन टान्जानियामा देखा परेको थियो ।
यो रोग अहिलेसम्म युरोप, अफ्रिका, एसिया लगायत विश्वका ६० भन्दा बढी देशहरुमा देखा परिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । चिकनगुनिया अफ्रिकी शब्द हो, जसको अर्थ ‘मोडिदिनु’ हुन्छ ।
इबोला भाइरस
इबोला एक किसिमको प्राणघातक भाइरस हो जसले विश्व भरका मानिसलाई आतंकित बनायो । विश्व स्वास्थ्य संगठनका अनुसार कंगोलामा फैलिएको इबोला भाइरस स्वास्थ्य इतिहासमा अहिलेसम्मकै दोश्रो ठूदो माहामाहीको रुपमा देखा परेको छ । इबोला विशेषगरी, चमेरोबाट खजुर हुँदै मानव शरीरमा फैलिने गर्छ ।
निपाह भाइरस
निपाह भाइरसको प्रकोप संसारका अन्य देशका साथै भारतमा पनि फैलियो । भारतको केरल तथा भोपाल राज्यमा त सरकारले निपाह भाइरसलाई लिएर हाई एर्लट नै जारी गर्यो ।
जनावरबाट मानिसमा फैलिने निपाह भाइरसबाट बच्नकै लागि मानिसहरुलाई फलफूल र सागसब्जी खानु अघि त्यसलाई राम्ररी धुने सल्लाह दिइन्छ । किनकी निपाह भाइरस जनावरको सम्पर्कमा आउने फलफूल, दुषित खानेकुरा तथा सागसब्जीबाट फैलिने गर्छ ।
जीका भाइरस
लामखुट्टेको टोकाईबाट फैलिने जीका भाइरसले युगाण्डा, रुवाण्डा, साउथ सुडान लगायत छिमेकी मुलुक भारतलाई समेत तनाव भयो। भारतको राजस्थानमा मात्र जिका भाइरसबाट संक्रमित हुनेको संख्या एक सय भन्दा बढी थियो ।
भारतसँग खुला सिमाना भएकै कारण नेपाल पनि जीका भाइरसको उच्च जोखिममा रहेको थियो । जीका भाइरसको संक्रमण भएमा जीकाले गर्भवती महिलाहरुलाई चपेटामा लिएर भ्रुणको दिमागी विकासमा अवरोध सिर्जना गरी मस्तिष्कका आकार सानो हुने गर्छ ।
विश्व स्वास्थ्य संगठनले समेत जीकाबाट सचेत रहन सबै मुलुकलाई चेतावनी दिएको भएता पनि जीका भाइरस पहिलो पटक सन् १९४७ मा फेला पार्न सफल रह्यो । सन् १९५२मा यो पहिलो पटक मानव शरीरमा देखिए पछि कयौ अफ्रिकी मुलुक सहित साउथ इष्ट एशियाली देशहरुमा यो भाइरस फैलिएको थियो ।
डिप्थेरिया
बच्चाहरुमा देखिने डिप्थेरिया नामको संक्रमणका कारण सन् २०१८मा थुप्रै अमाबुबालाई मानसिक तनाव भयो । पाँच वर्ष मुनीका बालबालिकालाई प्रभावित पार्ने यस संक्रमणले बच्चाको घाँटीमा असर पार्ने गर्छ । ब्याक्टेरियाले टंसिल वा श्वास नलीलाई पूर्णतया प्रभावित पार्नुका साथै बच्चाको घाँटीमा झिल्ली विकसित भएर सास लिनमा कठिनाई उत्पन्न हुन्छ । कहिलेकाही यसकै कारण बच्चाको मृत्यु समेत हुनसक्छ ।
लिसा फिभर
मुसाको मलमुत्रबाट फैलिने यस संक्रमणबाट नाइजेरियाका स्थानीय बढी प्रभावित पा¥र्यो । यो एक किसिमको ज्वरो (फिभर) हो जुन लासा भाइरसद्धारा फैलिन्छ । नाइजेरियाबाहेक यो भाइरस गिनी, बेनिन, घाना, माली, लाइबेरिया, सिएरा लियोन तथा पश्चिम अफ्रिकाका अन्य देशहरुमा पनि फैलिएको थियो ।
डेंगु
एडिज एजिपटाई नामक लामखुट्टेको टोकाईका सर्ने डेंगु यसबर्ष नेपालबाट समेत अछुतो रहेन । यस वर्ष भारत लगायतका तेश्रो मुलुक सहित नेपाल पनि डेंगुको संक्रमणको उच्च जोखिममा रह्यो । विशेषगरी नेपालका तराई जिल्ला रुपन्देही, लालबन्दी, महोत्तरी, धादिङ्ग, बर्दीबास, हेटौडा, झापा लगायतलाई डंगुले बढी प्रभावित पार्यो । डेंगुको प्रकोप विशेषगरी, वर्षात सकिएर तराईका जिल्लाहरुमा बढ्ने गर्छ । विशेषगरी सेप्टेम्बरबाट सुरु हुने डेगुको प्रकोप नोभेम्बरसम्म रहने गर्छ ।
डेंगु लागेमा दुई देखि सात दिनसम्म धेरै ज्वरो आउने, आँखाको गेडी, जोर्नी तथा ढाड दुख्ने, जीउ गल्ने, टाउको दुख्ने, विमिरा आउने, शरीरका विभिन्न ठाँउबाट रगत बग्ने लगायतका लक्षण देखिने गर्दछ ।

















