आचारसंहितामा अनुमति नलिइकन उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
अनुमति पाएको...
धान उत्पादनमा गिरावट
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याउँदा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका...
साफ महिला क्लब च्याम्पियनसिपको उपाधि इस्ट बंगाल एफसीले जित्याे
काठमाडाैं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भारतको लिग च्याम्पियन इस्ट बंगाल एफसीले जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा भिडन्तमा नेपालको लिग च्याम्पियन...
अमेरिकाद्वारा भेनेजुएलाको तेल बोकेको ट्यांकर कब्जा
एजेन्सी । अमेरिकाले भेनेजुएलाको तेल बोकेको अर्को पानीजहाज (ट्यांकर) कब्जा गरेको छ।
शनिबार भेनेजुएलाको तेल बोकेर एशियातर्फ जाँदै गरेको पानीजहाज भेनेजुएलाकै तटीय क्षेत्रबाट अमेरिकाले कब्जा गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकी समुद्री सुरक्षाकर्मीले सेनाको सहयोगमा...
उज्जालो नेपाल पार्टीको पहिलो चितवन जिल्ला भेला आज हुने
चितवन । उज्जालो नेपाल पार्टीको पहिलो चितवन जिल्ला भेला आज हुने भएको छ ।
भेलालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्न उर्जा तथा जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ शुक्रबार नै...
थुनामुक्त गर्न दिएको आदेशप्रति सम्मान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा थुनिएका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न बिहीबार दिएको आदेशप्रति सम्मान जनाएको छ ।
शुक्रबार जारी विज्ञप्तिमा पार्टीले विधिको शासन, कानुनी सर्वोच्चता...
गोली हानेर हत्या गर्ने बन्दुकधारीहरूलाई पक्राउ गर्न माग
ढाका । गत वर्षको विद्यार्थी आन्दोलनका एक प्रमुख व्यक्तिलाई गोली हानेर हत्या गर्ने बन्दुकधारीहरूलाई पक्राउ गर्न माग गर्दै प्रदर्शनकारीहरूले शुक्रबार लगातार दोस्रो दिन बङ्गलादेशभर ¥याली निकालेका छन् ।
बिहीबार ३२ वर्षीय विद्यार्थी नेता सरिफ उस्मान हादीको...
रवि पार्टीको मूल जिम्मेवारीमा फर्किने
काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै उनी पुनः पार्टीको मूल जिम्मेवारीमा फर्किने भएका छन् ।
रास्वपाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कानुनी...
लिडरसिप फोरममा १७ जना नेतालाई मनोनित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय नेतृत्व मञ्ज (लिडरसिप फोरम)मा १७ जना नेतालाई मनोनित गरेको छ ।
आज शुक्रबार बिहान बसेको सचिवालयको आकस्मिक बैठकले १७ नेतालाई मनोनित गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिए।
यी...
रवि लामिछाने भरतपुर विमानस्थलतर्फ उडे
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने मौसमका कारण भैरहवा जान नपाएपछि भरतपुर विमानस्थलतर्फ उडेका छन् ।
उच्च अदालत अदालत तुलसीपुर बुटवल इजलासलले सहकारी ठगीसहितको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न...






















