एक साताभित्र सुनको मूल्य तोलामा २८ सय रुपैयाँका दरले घट्यो
काठमाडौं । एक सातामा सुनको मूल्य तोलामै २ हजार ८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबारदेखि यो शुक्रबारसम्मको अवधिमा सुनको मूल्यमा उच्च गिरावट आएको हो ।
शुक्रबार पनि सुनको...
महेन्द्रनगरमा दुई वर्षपछि गुञ्जियो देउडा
दोधारा चाँदनी ।
‘गौराको बिरुडो ठूलो, दशैँको जमरा
आउनी रए झानी रए तै लोली गमरा’
बिहीबार महेन्द्रनगरस्थित खुलामञ्चमा देउडिया (गीतकार) रमेश पन्तले यसै गीतबाट देउडा खेल सुरु गर्नुभयो । देउडा खेल सुरु गर्दा माहोल रोमाञ्चक बन्यो ।...
९३ प्रतिशत जनतामा पुग्यो बिजुली
जनसङ्ख्याको झन्डै ९३ प्रतिशतले विद्युत् उपभोग गर्न पाएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले सबै स्थानीय तहका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको प्रतिवेदनले कुल जनसङ्ख्याको ९२.५१ प्रतिशतमा विद्युत्को पहुँच पुगेको देखाएको हो ।
नेपाल विद्युत् प्राधिकरणले...
देशभरकाे माैसम यस्ताे छ
काठमाडाैं । मधेश र सुदूरपश्चिमबाहेक बाँकी प्रदेशमा अहिले वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेशका १ का एक दुई स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका...
आज सुदूरपश्चिममा सार्वजनिक बिदा
सुदूर पश्चिममा आज सार्वजनिक विदा दिइएको छ। गौरा पर्वको बिदा कटौती गरेको प्रदेश सरकारको चौतर्फी विरोधपछि बिदा दिइएको हो।
प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले १७ गते बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति...
गोर्बाचाेभको अन्त्येष्टि शनिबार गरिने
सोभियत युनियनका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्तिम संस्कार शनिबार हुने रसियाली समाचार संस्थाहरूले जनाएका छन्।
सञ्चारमाध्यमका अनुसार गोर्बाचाेभको अन्त्येष्टि मस्कोको हाउस अफ युनियनभित्र रहेको प्रख्यात हल अफ कोलुम हुनेछ। सन् १९५३ मा मृत्यु भएका जोसेफ...
विपद् व्यवस्थापन विभागलाई नयाँ दमकल
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले विपद् व्यवस्थापन विभागलाई नयाँ दमकलको साँचो हस्तान्तरण गरेका छन् ।
बिहीबार एक कार्यक्रमका बीच मेयर साहले नयाँ दमकलको साँचो विपद् व्यवस्थापन विभागलाई हस्तान्तरण गरेका हुन् । नयाँ...
एकैदिन काेराेना संक्रमित २ सय ६९ जना थपिदा एकको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५५७ जनाको परीक्षणमा २६९ जनामा संक्रमण पुष्टि भएको हो...
स्वास्थ्य मन्त्रालयले २८ जना चिकित्सक माग्याे
काठमाडौं । बागमती प्रदेश सरकारले स्वास्थ्य मन्त्रालय र त्यस मातहतका विभिन्न निकायका आर्थिक वर्ष २०७९ /८०का लागि स्वीकृत अस्थायी दरबन्दीमा विशेषज्ञ चिकित्सक पदपूर्ति गर्ने गरी यसअघि विज्ञापन गरे पनि पुरा हुन नसकेको भन्दै पुन...
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले २ प्रश्नको मात्रै जवाफ
काठमाडौं । संसद्को महाभियोग सिफारिस समितिको बिहीबारको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले २ प्रश्नको मात्रै जवाफ दिएका छन्। बिहीबारको बैठक २ घण्टा चलेको थियो।
समितिले सोध्नलाई तयार गरेका ४३ वटा प्रश्नमध्ये बिहीबार पाँचौँ र छैटौँ...

























