अब पोखरा संसारसँग जोडिने छ : मन्त्री आले
पोखरा, चैत १३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताउनुभएको छ ।
चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै शनिबार सो...
दलित बस्तीका १३ घरमा आगलागी
मलङ्गवा । सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवास्थित दलित बस्तीमा शनिवार साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिब रु २६ लाख बराबरको क्षति भएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीमा...
प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ विदेशमन्त्री वाङ यीले भेटवार्ता गर्नुभएको छ ।
काठमाडौंकाे मेरियट हाेटलमा उहाँहरुबीच बिहान ११:४५ बजे भेट भएको प्रचण्डका प्रेस संयाेजक सूर्यकिरण शर्माले बताउनुभयो ।
तीन दिने नेपाल...
युक्रेनी शहर लभिभमा रुसले मिसाइल आक्रमण
पोल्याण्डको सीमा नजिक रहेको युक्रेनी शहर लभिभमा रुसले मिसाइल आक्रमण गरेको छ।
युरोप भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले पोल्याण्डको वार्समा सम्बोधन गरिरहेको समय पारेर रुसले लभिभमा एक भन्दा बढी मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले...
नेपाल र चीनबीच नौ वटा सहमतिमा हस्ताक्षर
काठमाडौं । नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी र परराष्ट्रमन्त्री नारायण खड्काको नेतृत्वमा भएको द्वविपक्षीय भेटघाटका क्रममा दुई देशबीच नौ वटा सहमतिमा हस्ताक्षर भएको छ।
समारोहमा नेपाल र चीनबीच...
परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्नुभएको छ।
शनिबार सिंहदरबारमा परराष्ट्रमन्त्री खड्काले तीन दिने भ्रमणका लागि शुक्रबार नेपाल आउनुभएका चिनियाँ विदेशमन्त्री वाङसँग भेट गर्नुभएको हो। परराष्ट्रमन्त्री खड्कासँग भेट गर्दै वाङ...
महिला पत्रकार सम्मानित
काठमाडौं। सञ्चारिका समूह नेपालको २५ औं साधारणसभा र आठौं महाधिवेशनको अवसरमा विभिन्न सञ्चारमाध्यममा कार्यरत महिला पत्रकारलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । सो अवसरमा गोरखापत्र अनलाइनमा कार्यरत सपना थामी र इ–कागज डट कममा कार्यरत...
अस्पताल सुधारका लागि पहल गर्छु : मन्त्री कार्की
इनरुवा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इनरुवास्थित सुनसरी जिल्ला अस्पताल सुधारका लागि आफूले सहयोग र पहलसमेत गर्ने बताउनुभएको छ ।
आज बिहान अस्पताल अनुगमनपछि रासससँगको कुराकानीमा उहाँले अब भाषण मात्र गरेर...
विश्व बैंकबाट नेपालको समावेशी विकासका लागि १८ अर्ब १५ करोड उपलब्ध गराउने
काठमाडौं । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको हरित, लचिलो र समावेशी विकासका लागि १८ अर्ब १५ करोड उपलब्ध गराउने भएको छ।
विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, लचिलो र समावेशी विकासमा सहयोग गर्न तथा...
रोहितले पारस खड्काको नाममा रहेको कीर्तिमान तोडे
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याट्सम्यान रोहित कुमार पौड्यालले पारस खड्काको नाममा रहेको कीर्तिमान शुक्रबार तोडेका छन् ।
पारसको नाममा एकदिवसीय अन्तर्राष्ट्रिय सर्वाधिक ११५ रन बनाउने खेलाडीको कीर्तिमान भंग गरेका हुन् । पीएनजीविरुद्धको...

























