आगो ताप्ने  क्रममा जलेर ७५ वर्षीया वृद्धाकाे मृत्यु

सर्लाही ।  सर्लाहीमा आगाे ताप्ने क्रममा जलेर एक वृद्धाकाे ज्यान गएकाे छ । सर्लाहीको गोडैता नगरपालिका-११ सिसौटियामा आगो ताप्ने  क्रममा जलेर ७५ वर्षीया वृद्धा देवकली देवीकाे ज्यान गएकाे हाे । घरमा आगो बालेर  ताप्दै गर्दा शरीरमा आगो...

रुसले युक्रेनमाथि हमला गर्ने तयारी

एजेन्सी। रुसले युक्रेनमाथि हमला गर्ने तयारी गरेको छ । युक्रेनले रुसले सीमा क्षेत्रमा फौज तैनाथ गरेको भन्दै हमलाको खतरा औल्याएको हो । युक्रेनसँगको सीमा क्षेत्रमा रुसका एक लाखभन्दा बढी सैनिक तैनाथ भएको जनाइएको छ ।...

विराट दरबार क्षेत्रमा प्राचीन बस्ती

विराटनगर । विराट राजाको दरबार क्षेत्रका रूपमा विश्वास गरिएको भेडियारीमा जारी पुरातात्त्विक उत्खननबाट प्राचीन समयमा मानव बसोबास रहेको बस्ती क्षेत्र पहिचान भएको छ । विराटनगर महानगरपालिका–१८ स्थित भारतीय सीमावर्ती क्षेत्रमा रहेको भेडियारीमा पुरातत्त्व विभागको टोलीले एक हप्तादेखि...

मादक पदार्थ सेवन गरेर स्थानीयसँग विवाद गरेका मेजर अशोक शाही सैनिक सेवाबाट बर्खास्तीमा

काठमाडौं । कैलालीमा मादक पदार्थ सेवन गरेर स्थानीयसँग विवाद गरेका नेपाली सेनाका सेनानी (मेजर) अशोक शाही सैनिक सेवाबाट बर्खास्तीमा परेका छन् । सुदूरपश्चिम तालिम शिक्षालयमा कार्यरत उनलाई सैनिक आचरणविपरीत काम गरेको ठहर गर्दै सैनिक अदालतले...

बैंकमा हुने ठगीका घटनामा मोबाइल बैंकिङ ठगी दोस्रो नम्बरमा

काठमाडौं । कोरोना भाइरसको महामारी र नयाँ डिजिटल मुद्राको सञ्चालन बढेपछि पछिल्लो समय भारतमा ठगी एवम् धोकाधडीका घटनाहरु बढेका छन् । यसको सामना गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई सकस भइरहेको डेलोइट इन्डियाले हालै गरेको एक सर्वेक्षणले...

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायाे

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमकाअनुसार पेट्रोलको मूल्य ३ रुपैयाँले बढेर १३९ रुपैयाँ पुगेको छ । डिजेल...

हालसम्मकै सबैभन्दा बढि ९ हजार ५०२ काेराेना संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना सङ्क्रमण हालसम्मकै धेरै पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नौ हजार ५०२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १८ हजार ७८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार ५०२ जनामा...

माइक टायसन नेपाल घुम्न जान मन लागेकाे खुलासा

काठमाडौं । अमेरिकी पूर्व विश्व प्रसिद्ध बक्सिङ खेलाडी माइक टायसनले आफूलाई नेपाल घुम्न जान मन लागेको बताएका छन् । इम्पल्सिभ पोडकास्टको २४७ औँ अङ्कमा बौल्दै टायसनले नेपाल घुम्न जान मन लागेको बताएका हुन् ।साथीभाइ तथा...

सेयर बजार ओरालो

काठमाडौं  । साप्ताहिक कारोबारको चौथो दिन (बुधबार) पनि सेयर बजार ओरालो लागेको छ। साप्ताहिक कारोबारको सुरुवाती दुई दिन आइतबार र सोमबार बढेको सेयर बजार मंगलबारदेखि भने आरोलो लागेको थियो। बुधबार सेयर बजार परिसूचक (नेप्से) ३८.३५ अंकले...

सुडानमा हिंसा अन्त्यका लागि राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा हिंसा अन्त्यका लागि आह्वान गरेका छन् । उनले केही समयदेखि यहाँ जारी रहेको हिंसाको अन्त्य गरेर शान्तिपूर्ण प्रक्रियाबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका हुन् । उनले अहिलेको हिंसा अन्त्य...

RECENT POSTS

HOT NEWS