ओमिक्रोनले फोक्सोमा धेरै हानी नगर्ने अध्ययन सार्वजनिक
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वमा त्रास फैलिरहेका बेला यसले फोक्सोमा धेरै हानी नगर्ने अध्ययन सार्वजनिक भएको छ ।
बेलायतमा ६ वटा अनुसन्धान समूहले गरेको अध्ययनले ओमिक्रोन भेरियन्टले फोक्सोमा कम असर गर्ने...
मछिन्द्र पहिलो पटक एएफसी कप छनोटमा
काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको...
जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका अधिकृतसहित १३ जनाविरूद्ध अनुसन्धान सुरू
काठमाडौं । जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृतसहित १३ जनाविरूद्ध मुद्दा दर्ता गरी अनुसन्धान सुरू गरिएको छ।
आइतबार बिहान पक्राउ निमित्त प्रशासकीय अधिकृत दलबहादुर घर्ती, भेरी नगरपालिका-६ का वडाध्यक्ष तथा कांग्रेसका...
नेपाल राष्ट्र बैंकको लगानी १ अर्ब ७५ करोड रुपैयाँ पुग्याे
काठमाडौं । नेपाल राष्ट्र बैंकको लगानी १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । उक्त रकममध्ये हाल १ अर्ब ४० करोड हाल लगानीमा रहिरहेको र ३५ करोड रुपैयाँ नयाँ लगानी थप भएको छ ।
बैंकले आज...
मेसीलाई कोरोना भाइरसको संक्रमण
फ्रेञ्च क्लब पीएसजीका फरवार्ड लिओनल मेसीलाई कोरोना भाइरसको संक्रमण भएको छ। पछिल्लोपटक गरिएको परीक्षणमा मेसीसहित पीएसजीका चार खेलाडीलाई संक्रमण पुष्टि भएको हो । अर्जेन्टाइन फरवार्ड मेसीसहित डिफेन्डरहरू जुवान बर्नट, नाथान बिटुमाजाला र गोलकिपर सर्जियो रिकोलाई कोरोना भएको हो...
सुडानका प्रधानमन्त्रीले राजीनामा दिए
काठमाडौं । सुडानका प्रधानमन्त्रीले राजीनामा दिएका छन् । नागरिक शासन बहाल गर्न माग गर्दै प्रदर्शन चर्किएपछि प्रधानमन्त्री अबदल्ला हामदोकले राजीनामा दिएका हुन् । टेलिभिजनमार्फत् देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री हामदोकले राजीनामा घोषणा गरेका छन् ।
देशलाई...
नारायणहिटीको १० रोपनी जग्गा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न भाडामा
काठमाडौं। ऐतिहासिक महत्त्वको सम्पदा नारायणहिटी दरबार सङ्ग्रहालयभित्रको करिब १० रोपनी जग्गा रेस्टुरेन्ट व्यवसाय सञ्चालनका लागि भाडामा लगाइएको छ । भाडामा लगाइएपछि त्यहाँ विभिन्न स्थायी संरचना बन्दैछन् तर तिनको नक्सा भने पास नगरिएको पाइएको छ...
जनमत पार्टीका कार्यकर्तामाथि गोली प्रहार
धनुषा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ गोदारमा राजमार्ग बन्द गरी बसेका डा. सीके राउत नेतृत्वको जनमत पार्टी नेपालका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।
आइतवार बिहानैदेखि सडक बन्द गरी बसेका जनमत पार्टीका...
ओमिक्रोन थप फैलिन नदिन सतर्कता
काठमाडौं । स्वास्थ्य मन्त्रालयले ओमिक्रोन थप फैलिन नदिन सतर्कता अपनाउन सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ ।
मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले पछिल्लो समय कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि भित्रिएकाले सबै निकायले...
बालगृहमा ८० प्रतिशत बालबालिकाका आमाबाबु भएका
काठमाडौं । अभिभावकविहीनका लागि खोलिएका बालगृहमा बाबुआमा भएका बालबालिका बस्ने गरेको पाइएको छ । कानुनमा बाबुआमा दुवै र संरक्षत्व लिने नातेदारसमेत नभएका बालबालिकालाई अन्तिम विकल्पका रूपमा बालगृहमा राख्न सकिने व्यवस्था भए पनि बालगृहमा अधिकांश...

























