माके रुपन्देही इन्चार्ज बन्जाडेको मोटरसाइकल दुर्घटनामा निधन
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि शर्मा)को निधन भएको छ।
सडक दुर्घटनामा परी घाइते भएका रुपन्देही इन्चार्ज बन्जाडेको उपचारको क्रममा निधन भएको हो। उनी मोटरसायकल दुर्घटनामा परी घाइते भएका थिए। मंगलबार...
राष्ट्रपति वाइडेनले विश्वका ११० देशलाई सहभागिताका लागि बोलाइएको समिटमा चीन र रुस बाेलाइएन
काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडेनले विश्वभरका ११० देशलाई लोकतन्त्रमाथि हुने एक भर्चुअल समिटका लागि निम्ता गरेका छन्।
यो समिट ९-१० डिसेम्बरमा आयोजना हुने छ। विश्वका ११० देशलाई सहभागिताका लागि बोलाइएको समिटमा चीन र रुस...
नेपालसहितको नेताहरू बाहिरिँदा पार्टीमा विवाद अन्त्य : ओली
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मुख्य शक्ति नै आमकार्यकर्ता र प्रतिनिधि हुने भएकाले १०औं महाधिवेशनमा उहाँहरूकै इच्छाअनुसार आफू अघि बढ्ने बताएका छन् । उनले महाधिवेशनमा आफू केमा उठ्ने...
चार अर्ब रुपैयाँ कर फिर्ता
काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा सरकारले करिब चार अर्ब रुपैयाँ कर फिर्ता गरेको छ । आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयहरूले गत आवमा तीन अर्ब ९५ करोड रुपियाँ कर फिर्ता गरेका हुन्...
श्रम कार्यालयलाई दुुई सिफ्टमा काम सञ्चालन गर्न निर्देशन
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ताहचलस्थित श्रम कार्यालयलाई दुुई सिफ्टमा काम सञ्चालन गर्न निर्देशन दिएको छ ।
श्रम स्वीकृति नवीकरण छिटोछरितो नहुँदा आफूहरूले सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो बढेपछि मन्त्रालयले दुुई सिफ्टमा सेवा...
पेट्रोलियम पद्धार्थ बढी खपत गर्ने देशहरु एकजुट भई संचित कच्चा तेल प्रयोगमा ल्याउने
एजेन्सी । विश्व बजारमा पेट्रोलियम पद्धार्थको मूल्य आकाशिएपछि बढी खपत गर्ने देशहरुले नयाँ रणनीति अघि सारेका छन् । मूल्य आकाशिन नदिन पेट्रोलियम पद्धार्थ बढी खपत गर्ने देशहरु एकजुट भई संचित कच्चा तेल प्रयोगमा ल्याउन...
एकैदिन ३ सय ५१ नयाँ संक्रमित थपिदा ९ जनाकाे मृत्यु
काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप तीन सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार एक सय ७४ जनाको नमुना परीक्षण गर्दा ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको...
युरोपेली बाह्य मामिला र प्रधानमन्त्रीबीच भेट
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग युरोपेली सङ्घको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनी आज शिष्टाचार भेट गर्नुभएको छ ।
त्यस अवसरमा उहाँहरूबीच नेपाल–युरोपेली सङ्घबीचको सहकार्य र साझेदारी, व्यापार,...
महिला यू–१९ साफका लागि ४० खेलाडीलाई प्रशिक्षणमा
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला यू–१९ साफ च्याम्पियनसिपका लागि ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ ।
एन्फाले सोमबारबाट सुरु भएको प्रशिक्षणमा गत ‘उपमेयर कप राष्ट्रिय महिला लिग छनोट’ खेलेका उत्कृष्ट ४० खेलाडीलाई पहिलो...
सार्वजनिक यातायातमा महिला हिंसा बढ्दो
काठमाडौं । पुल्चोकस्थित एउटा सहकारी संस्थामा कार्यरत भक्तपुर बोडेकी एक युवतीले केही दिनपहिले मात्रै बसमा आफूलाई दुर्व्यवहार गर्न खोज्ने एक युवकलाई झर्न बाध्य बनाइन् । पुल्चोकबाट थापाथलीसम्म आउने बसमा ती युवकले पटकपटक उनको संवेदनशील...

























