प्रेमसागर कर्मचार्यकाे १६६ औं पटक रक्तदान
काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्मचार्यले १६६औं पटक रक्तदान गरेका छन्। काठमाडौं महानगरपालिका वडा २४ समितिलका अध्यक्ष सुरेश सिलाकारको सभापतित्वमा सञ्चालित विशेष रक्तदान कार्यक्रममा कार्माचार्यले रक्तदान गरेका हुन्।
साे कार्यक्रममा शतक रक्तदाता...
कोरोना संक्रमणबाट हाडजोर्नी रोग विशेषज्ञ डा मुराद हुसेनकाे निधन
काठमाडौं । हाडजोर्नी रोग विशेषज्ञ डा मुराद हुसेनका कोरोना संक्रमणका कारण निधन भएको छ। नेपाल मेडिसिटि अस्पतालमा उपचाररत डा हुसेनको आइतबार निधन भएको हो।
नेपाल चिकित्सक संघले डा मुराद हुेसनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।...
थिमिका किसान धानको बीउ राख्दै
काठमाडौं । मध्यपुर थिमिका किसान धानको बीउ राख्दै । जेठमा राखेको धानको बीउ असारमा रोप्न तयार हुने किसानले जनाए ।
एमाले फुटकाे डिलमा पुगेपछि धैर्य गरौं, सम्वाद गरौं
काठमाडौं । नेकपा (एमाले) फुटको डिलमा पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका नेताहरुलाई कारबाही प्रक्रिया थालेको बेलामा नेता नेपालले पनि नयाँ पार्टी खोल्ने अन्तिम तयारी गरेका छन् । तर, दुवै पक्षका...
सङ्खुवासभामा जङ्गली च्याउ खाँदा एकै घरका नौ बिरामी
किमाथाङ्का । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–५ याफुमा जङ्गली च्याउ खाँदा एकै घरका नौजना बिरामी परेका छन् । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ–५ का दुई घरका नौजना गम्भीर बिरामी भएको सो वडाका वडाध्यक्ष ईश्वर...
युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्ती
ओखलढुङ्गा । युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्ती आज मनाइँदै छ । १९६९ साल जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा उनको जन्मभएको थियो ।यसवर्ष पनि कोरोना कहरकाबीच उनको सम्झनामा गरिँदैछ ।
सोही अवसरमा ‘मेरो प्यारो ओखलढुङ्गा’...
ओलीले संसदबाट विश्वासको मत नलिइ,प्रधानमन्त्री दाबी गर्नु असंवैधानिक काम : सर्वोच्च बार
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन छोडेर राष्ट्रपतिबाट आह्वान भएको सरकार गठनको प्रक्रियामा सहभागिता जनाउने कार्य गैरसंवैधानिक भएको ठहर गरेको छ।
शनिबार एक विज्ञप्ति जारी गर्दै बार...
नेपालमा अब निषेधाज्ञा जारी हुन २ जिल्ला बाँकी
काठमाडौं । कोरोना महामारी रोकथामका लागि भनेर निषेधाज्ञा जारी भएका जिल्लाको संख्या ७५ पुगेको छ।
देशका जम्मा ७७ जिल्लामध्ये अब २ जिल्लामा मात्रै निषेधाज्ञा जारी हुन बाँकी छ।
निषेधाज्ञा अवधिमा अत्यावश्यकबाहेकका काममा घरबाट बाहिर निस्किन पाइन्न।
गृह...
प्रतिनिधि सभा सर्वोच्च अदालतले ब्युताँउनेमा विश्वास व्यक्त
काठमाडौं । विवेकशील साझा पार्टीले विघटित प्रतिनिधि सभा सर्वोच्च अदालतले ब्युताँउनेमा विश्वास व्यक्त गरेका छन् । विवेकशील साझाको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिनिधि सभा विघटन कदम मानवीय...
बजारमा सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडौं । नेपाली बजारमा आइतवार आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
गत कारोबार दिन शुक्रवार प्रतितोला छापावाला सुनको मूल्यम ९३ हजार ३ सय रहेको थियो । आज प्रतितोला सुनको मूल्य ९३ हजार ६...

























