टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध
टोकियो- सन् २०२१ को जुलाई २३ बाट सुरु हुने तय भएको टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध गरिने भएको छ। टोकियो ओलम्पिक आयोजक समितिका प्रमुख सेको हासिमोतोले विदेशी दर्शकलाई प्रवेश गराउन नसकिने अवस्था आएको बताएका...
राजनीतिक समाधान गर्न प्रधानमन्त्रीले राजिनामा दिनु आवश्यक
काठमाडौं–राजनीतिक निकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन्। नयाँ सरकार गठनका लागि पनि प्रधानमन्त्री ओली पदबाट हट्नु पहिलो आवश्यकता भएको जनाएका छन्।
आइतबार आफ्नै निवासमा नेकपा (एमाले)...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
उदयपुर - २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-६ खैजनपुर बस्ने २२ वर्षीय चण्डेश्वर चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी...
रियल दोस्रो स्थानमा उक्लियो
एजेन्सी । करिम बेन्जामाले दुई गोल गरेपछि सेल्टाभिगोलाई पराजित गर्दै साविक विजेता रियल मड्रिड स्पानिस ला लिगाको दोस्रो स्थानमा उक्लेको छ ।
शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ३-१ ले पराजित गरेको हो ।...
आगामी बजेटमा कोभिड प्रभावित उद्योग व्यवसायलाई उकास्ने कार्यक्रमहरु ल्याउनुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल
इटहरी - नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा कोभिड–९ को महामारीबाट प्रभावित उद्योग व्यवसायलाई उकास्ने गरी कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो ।
शनिबार उद्योग वाणिज्य संघ इटहरीको २२औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड १९ को महामारीका कारण मुलुकको अर्थतन्त्रले धेरै ठूलो क्षति ब्यहोर्नुपरेको र गत वर्षको बजेट तथा मौद्रिक नीतिले समेट्न बाँकी क्षेत्रलाई समेट्ने गरी आगामि वर्षको बजेट आउनुपर्ने बताउनुभएको छ ।
“गत वर्षको बजेट तथा मौद्रिक नीतिले केही हदसम्म भएपनि कोभिड प्रभावित उद्योग व्यवसायलाई राहत दिन खोजिएको थियो । तर पनि यसले धेरै क्षेत्रलाई समेट्न सकेको छैन । यस वर्ष बजेट बनाउँदा कोभिड प्रभावित उद्योग व्यवसायलाई उकास्नेखालका थप नीति तथा कार्यक्रमहरु बनाउनु जरुरी छ,” उहाँले भन्नुभयो ।
प्रादेशिक संरचनामा गइसकेपछि मुलुकमा लगानीको वातावरण बन्दै गएको बताउँदै ढकालले अझै पनि केन्द्र, प्रदेश तथा स्थानीयतहबाट एकै प्रकारका करहरु लिने गरेको हुँदा व्यवसायीहरु दोहोरो करको मारमा परेको बताउनुभएको छ ।
“नयाँ संविधानको निर्माणसँगै मुलुकमा धेरै हदसम्म शान्ति, स्थिरता र विकासको वातावरण बनेको छ । संघीय संरचनामा स्थानीय तहहरुबीच विकासका लागि हुने प्रतिष्पर्धाले हामीलाई उत्साहित पारेको छ । तर पनि केही पुराना संरचना तथा नीतिका कारण अझैपनि हामीले खोजेजस्तो लगानीको वातावरण बन्न सकेको छैन । यसका लागि महासंघले सरकार तथा सरोकारवाला निकायलाई घच्घचाउने नै छ,” उहाँले भन्नुभयो ।
उहाँले अहिले बजेटको निर्माणको प्रकृया सुरुभएकोले यससम्बन्धी हुने छलफलमा निजीकोतर्फबाट आफ्ना एजेन्डाहरु राख्न उद्योगी व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो ।
वरिष्ठ उपाध्यक्ष ढकालले अहिले बैंकको व्याज दर एकल अङ्कमा आएको र कोभिड–१९ को प्रकोप पनि विस्तारै कम हुदै गएकोले मुलुकमा लगानीको लागि उपयुक्त वातारण तयार भएको बताउनु भएको छ ।
जिल्ला नगरका साना व्यवसायिहरुका समस्या समाधानमा जिल्ला नगरका नेतृत्वमा रहेका व्यवसायी साथीहरु आफैमा पनि सक्षम रहेको बताउँदै उहाँले जिल्ला÷नगरका उद्योगी, व्यवसायीहरुका समस्या समाधानका लागि जिल्ला नगरका व्यवसायीहरुसँग होस्टेमा हैँसे गर्न महासंघको नयाँ नेतृत्व सधै तत्पर रहेको बताउनुभयो ।
कांग्रेसकानेता रामचन्द्र पौडेलले बैठक डाके
काठमाडाैं–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय नेताको बैठक डाकेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापन गर्न सभापति शेरबहादुर देउवाले सक्रियता नदेखाएको भन्दै पौडेल पक्ष असन्तुष्ट छ। वर्तमान राजनीतिक घटनाक्रमका साथै पार्टी महाधिवेशनका...
प्रधानमन्त्रीद्वारा हिमाल आरोही शेर्पालाई बिदाइ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरि आरोहण गर्न जान लागेकी माया शेर्पालाई राष्ट्रिय झण्डासहित शनिवार बिदाइ गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आरोही शेर्पालाई झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक...
विपत् न्यूनीकरणको पूर्वाभ्यास थालियो
काठमाडौं । नेपाल सरकारले आउँदो वर्षात्को सम्भावित विपद् न्यूनीकरणको पूर्वाभ्यास प्रि–मनसुनमै सुरु गरेको छ । गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त पहलमा सम्भावित विपद् न्यूनीकरणको पूर्वाभ्यास सुरु गरिएको हो...
माकेका र जसपाका अध्यक्षद्वयबीच भेटघाट
काठमाडौं । नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईसँग पटकपटक भेटघाट गरेको खुल्न आएको छ । यसबाट...
यस कारण सरकार–संसद् सम्बन्ध चिसिँदै
काठमाडौं। सरकार र संसद्को समन्वयकारी सम्बन्ध भएन भने संसद् चल्न सक्दैन । कि प्रतिपक्षले विरोध गर्दा कि सरकारले बिजनेस नदिँदा संसद् अवरोध हुन सक्छ । अहिले भने सरकारले बिजनेस नदिएकै कारण संसद्मा अवरोध हुँदै आएको छ ।
यस्तो...

























