जापानमा आँधीमा परि मर्नेको संख्या ६०, घाइते संख्या २०० नाघ्याे
एजेन्सी / जापानमा गत शनिबार र आईतवार आएको आँधीमा परि मर्नेको संख्यासँगै घाइतेहरुको संख्या समेत बढ्दै गएको छ ।
सोमबार राती अबेरसम्ममा मृतकको संख्या ६० पुग्दा घाइते हुनेहरुको संख्या २०० नाघेको छ ।
फुकुसिमा केनमा मृतक...
स्याङ्जा सहयोग समाज अन्तराष्ट्रीय कमिटिको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा जिबन न्यौपाने
स्याङ्जा / स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा जापानका जीवन न्यौपाने निर्वाचित हुनुभएको छ ।
स्याङ्जाको भिरकोट नपा–२ बयरघारीमा गत शनिबार सम्पन्न भएकाे तेस्रो अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिबाट निर्वाचित गरेको हो ।...
आईसीसीले क्यानमाथिको प्रतिबन्ध सशर्त फुकुवा
काठमाडौं / अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सशर्त फुकुवा गरेको छ। सोमबार दुबईमा सम्पन्न आईसीसीको बैठकले सशर्त क्यानको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। आईसीसीले जारी गरेको विज्ञप्तिमा...
सुन चाँदीको मूल्य बढ्यो, प्रतितोला ७० हजार ७ सय
काठमाडौं / साताको तेस्रो कारोबार दिन मंगलबार स्थानीय बजारमा सुनको भाउ वृद्धि भएको छ । एक दिनमा सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो प्रतितोला ७०...
सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
काठमाडौं / चितवन, रत्ननगर नगरपालिका-३ तरकारी चोक नजिक हाल नम्बर नखुलेको सवारी साधनले सोमबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरुषको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा...
मृत अवस्थामा फेला
भक्तपुर / भक्तपुर नगरपालिका-५ स्थित अरनिको सभाहलको पेटीमा चाँगुनारायण नगरपालिका-५ छालिङ घर भएका ४६ वर्षीय राम नगरकोटी सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
औषधी खरीदमा ठगी गरेको अभियोगमा पक्राउ
मोरङ / औषधी खरीदमा ठगी गरेको अभियोगमा विराटनगर महानगरपालिका-१० स्थित साक्षी मेडिकल हलमा काम गर्ने सुनसरी भोक्राह नर्सिङ गाउँपालिका-३ बस्ने १९ वर्षीय सन्तोष मेहतालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको
छ ।
उदयपुर त्रियुगा नगरपालिका-७ का सवारी...
यस बर्ष ३ अमेरिकी अर्थशास्त्रीलाई नोबल पुरस्कार दिने घोषणा
एजेन्सी / सन् २०१९ का लागि ३ जना अमेरिकी अर्थशास्त्रीहरुलाई नोबल पुरस्कार दिने घोषणा गरिएको छ । सोमबार अमेरिकी अर्थशास्त्रीहरु अभिजित बेनर्जी, उनकी श्रीमती इस्थर डफ्लो र माइकल क्रेमरलाई संयुक्त रूपमा यो वर्षको नोबल...
एनआरएनको ९ औं विश्व सम्मेलनमा राष्ट्रपतिद्धारा नेपालको विकासमा जोड
काठमाडौं /गैर अवासीय नेपाली (एनआरएन) हरुको ९ औं विश्व सम्मेलन काठमाडौंमा सुरु भएको छ । आजदेखि सुरु भएको सम्मेलनको राष्ट्रिपति विद्यादेवि भण्डारीले उद्घाटन गरेकी हुन् ।
राष्ट्रिपति भण्डारीले नेपालको विकास र समृद्धिमा गैर आवासीय नेपालिहरुको...
एक चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्न बाध्य
डडेलधुरा / हाल डडेल्धुरा अस्पताल एक चिकित्सकको भरमा चलाउनु पर्ने बाध्य रहेको छ । सङ्घीय सरकारको मातहतमा रहेकोे अस्पताल कर्मचारी समायोजनको चपेटामा पर्दा झनै समस्यामा परेको छ । सरकारले स्तरोन्नति गरी सेवा सुविधासहितको अस्पताल...

























