नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभलको उत्कृष्ट विद्यार्थी फिल्ममा ‘द स्कुल वाल’
काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा ‘बेष्ट नेशनल स्टुडेण्ट फिल्म अवार्ड’ प्राप्त गरेको छ । बालमनोविज्ञानमा आधारित लघुचलचित्र ‘द स्कुल वाल’ यसअघि छैटौं नेपाल कल्चरल इन्टरनेशनल...
मृत अवस्थामा फेला
काठमाडौं । संखुवासभा, खाँदबारी नगरपालिका-९ सालघारीमा भोजपुर षडानन्द गाउँपालिका- १२ घर भएका ६२ वर्षीय राम कुमार कुमाल आइतबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, उर्लाबारी नगरपालिका-९ छिन्ताङने टोल बस्ने ४९ वर्षीय नरेन्द्र लावती लिम्बु...
पेस्तोल तथा गोली सहित दुई जना पक्राउ
मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट १ थान पेस्तोल र ३ राउण्ड गोली सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य सिहुहर धनहरा ग्राम बस्ने २२ वर्षीय धिरज...
बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपलिका-२५ घर भई काठमाडौं महानगरपालिका-२२ गणबहाल पिपलबोट बस्ने २१ वर्षीय उज्जवल रौनियार र मकवानपुर भीमफेदी गाउँपलिका-२ घर...
डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउने घोषणा
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले सरकारले डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउने घोषणा गरेको ६ महिनासम्म पनि कार्यान्वयन नभएको बताएकी छन्।
सोमबार प्रतिनिधि सभाको शून्य समयमा डाँगीले डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउन माग...
बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्नेछ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ र शिक्षा मन्त्रालयका केही एजेन्डाहरु रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले...
नेपालभाषाको गीतलाई अस्लिल ढंगले प्रस्तुत भएकोप्रति ध्यानाकर्षण
काठमाडौं । नेवार जातिको राष्ट्रिय नेवा: देय् दबुले नेपालभाषाको गीतमा प्रयोग भएको शब्दलाई अपमानजनक एवम् अस्लिल ढंगले पोडकास्टमा प्रस्तुत भएको बिषयमा आफ्नो ध्यानाकर्षण गराएकाे छ ।
नेपाल भाषालाई होच्च्याएको, अश्लिल शव्द प्रयोग गरि गिज्याएको बिषयलाई...
फेसबुकमा बलात्कारको धम्की आएपछि कमेडियन श्रेष्ठले दिए उजुरी
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा दिदी-बहिनीलाई बलात्कारको धम्की आएपछि कमेडियन सजन श्रेष्ठले साइबर ब्युरोमा उजुरी दिएका छन् । श्रेष्ठले आइतबार फेसबुकमा पोस्ट राख्दै रिदय ताम्राकार नामको फेसबुक अकाउन्ट विरुद्ध उजुरी दिएको जानकारी दिएका हुन्...
नेपालले आज म्यानमारसँग खेल्दै
काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो तेस्रो खेलमा म्यानमारसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।
हालसम्म नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा...
करेन्ट लागेर मृत्यु
झापा । हल्दिबारी गाउँपालिका-३ घर भएका २० वर्षीय सुसिल लिम्बुको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ ।
बुद्वशान्ति गाउँपालिका-१ नमुना बस्तिस्थित दामा खोलामा विजुलीको तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका...

























