टिपरको ठक्करबाट डाक्टरको मृत्यु
विराटनगर । मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट डाक्टरको मृत्यु भएको छ । मंगलबार बिहान उर्लाबारी नगरपालिका– ४ स्थित ओमसाई पेट्रोल पम्पनजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार डाक्टर निरज यादवको मृत्यु भएको हो ।
सप्तरी घर...
डुबेर दुई जनाको मृत्यु
दाङ । लमही नगरपालिका-३ मजगाउँ बस्ने निसान चौधरीकी छोरी १ वर्षीया निचिता चौधरीको सोही ठाउँस्थित कुलोमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो...
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
काठमाडौं । कैलाली, टिकापुर नगरपालिका-६ नारायणपुरस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन १ सय ६० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय सुरज चौधरी र...
बन्यजन्तुले कृषिबालीमा क्षति पुर्याए दस हजार सम्मको राहतको व्यवस्था
पाल्पा। पाल्पाको माथागढी गाउँपालिकाले बन्यजन्तुले खेतीबालीमा क्षति पुर्याए मुल्याङ्कन बमोजिम दस हजार सम्मको राहत उपलब्ध गराउने व्यवस्था गरेको छ।
गाउँपालिकाले बन्यजन्तु अन्तर्गत बँदेल र बाँदरका कारण कृषको खेतीबालीमा क्षति पुर्याए बन्यजन्तु क्षति राहत वितरण निर्देशिका...
सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाइरहेको बताउनुभएको छ ।
मङ्गलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफमा प्रधानमन्त्रीले सार्वजनिक सेवामा जनताको सहज पहुँच विस्तार गर्ने,...
सुनको भाउ आज प्रतितोला छ सय रुपैयाँ बढ्याे
काठमाडौं । विहिबारदेखि स्थिर रहेको सुनको भाउ आज प्रतितोला छ सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला...
आशाजनक प्रतिभाहरू प्रदर्शन गर्न निरन्तर प्रयास
काठमाडौं। एशियन पेन्ट्स नेपालले नेपालका प्रतिभाशाली आर्किटेक्ट र इन्टेरियर डिजाइनर प्रवर्द्धन र आशाजनक प्रतिभाहरू प्रदर्शन गर्न निरन्तर प्रयास गरिरहेको छ ।
दश वर्षभन्दा बढि समयदेखि यस सीएसआर पहल, क्यालिडोस्कोपमार्फत विद्यार्थीहरूलाई आफ्नो रचनात्मकता र उपलब्धिको भावना...
गाउँ फर्किएर व्यावसायिक कृषिमा नेपाल
टक्सार (भोजपुर)। बसाइँसराइँ गरिसकेको अवस्थामा फेरि जिल्लामाकै कृषि कर्मका लागि फर्किएका शम्भुप्रसाद नेपाल अहिले व्यवसायिक रुपमा सफल किसानका रुपमा परिचित भएका छन् ।
विसं २०४७ सालमा यहाँबाट विराटनगर बसाइँसराइँ गरेका नेपालले गाउँमै केही गर्ने सोच...
लहान नगरपालिकाले फोहर सङ्कलन गर्न भित्रयायो ‘गारवेज ट्रक’
गोलबजार (सिरहा) । लहान नगरपालिकाले फोहर सङ्कलन गर्न आधुनिक किसिमको आठ ‘गारवेज ट्रक’ सञ्चालनमा ल्याएको छ । लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले गारवेज ट्रकमा फोहर सङ्कलन गर्न थालिएको जानकारी दिए ।
फोहर सङ्कलन गर्न ट्रयाक्टरभन्दा...
शाओमी प्याड ६ रिलिज हुने
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले ११ इन्चको डिस्प्ले, क्वालकम स्न्यापड्रागन ८७०, १४४ हर्ट्ज रिफ्रेस रेट, ८८४० एमएएच ब्याट्री भएको शाओमी प्याड ६ रिलिज गर्ने भएको छ ।
केवल ४९० ग्राम तौल र ६.५१ मिलिमिटर...

























