रवि लामिछाने र प्रधानमन्त्री प्रचण्डबीच भेट
काठमाडौं, १७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न पुगेका छन्।
आइतबार बिहान सभापति लामिछाने प्रचण्डसँग भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। वैशाख १० को उपनिर्वाचनपछि चितवन–२...
गृहमन्त्री श्रेष्ठले मिटरब्याजको सम्बन्धमा थप अनुसन्धान अघि बढाइने
जनकपुरधाम । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइने बताएका छन्।
आइतबार जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना गर्दै उनले मिटरब्याजीको हकमा सरकार सदैव कठोर भएर प्रस्तुत...
रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट दिए राजीनामा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन्। शनिबार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएको सो पार्टीले जनाएको छ।
उक्त पार्टीको संसदीय दलको...
प्रधानमन्त्री ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टोलीलाई बधाई दिए
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले एसिसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई बधाई दिएका हुन्।
उनले क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त...
लडाकुलाई २ लाखका दरले राहत दिने निर्णय खारेज गर्न माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद लिङदेनले अयोग्य लडाकुलाई दुई लाखका दरले राहत दिने निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गर्नुभएको छ।
सत्ताको चरम दुरुपयोग गरेर सरकारले गरेको सो निर्णय तत्काल...
राष्ट्रको ढुकुटी अनावश्यक ठाउँमा दुरुपयोग नहुने स्पष्ट : अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा।प्रकाशशरण महतले राष्ट्रको ढुकुटी अनावश्यक ठाउँमा दुरुपयोग नहुने स्पष्ट पारेका छन् ।
अयोग्य लडाकूलाई नगद बाँडिदैछ भन्ने सन्दर्भमा अर्थमन्त्रालयको धारणा स्पष्ट पार्दै मन्त्री डा।महतले भने, ‘सरकारको अर्थमन्त्रीका हैसियतले राज्यकोषको दुरुपयोग गर्ने, केही...
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिए शपथ
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री पाण्डेले दुई मन्त्री नियुक्त पनि गर्नुभएको छ । मन्त्रिपरिषदमा कांग्रेसका सरस्वती अर्याल र माओवादी केन्द्रका सुशीला सिम्खडा मन्त्री बन्नुभयो...
सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजाने बाटोमा हिँडेका हौँ : रवि लामिछाने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले गालीगलौजको राजनीति नगर्न अनुरोध गरेका छन् ।
बुधबार चितवनको मुग्लिन बजारमा आज आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै लामिछानेले...
नयाँ सरकार बनाउन कांग्रेस र एमालेको दाबी
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकारले सोमबार विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ।
संविधानको धारा १६८ को (२) बमोजिम नेकपा (एमाले) नेतृत्वमा गत पुस २ गते बनेको सरकारले...
सभामुख घिमिरेले ढाका कुमार श्रेष्ठ सांसद नरहेको जानकारी गरायाे
काठमाडौं । सभामुख देवराज घिमिरेले ढाका कुमार श्रेष्ठ सांसद नरहेको प्रतिनिधिसभा सदस्यहरुलाई जानकारी गराएका छन् । मंगलबार बसेको बैठकमा सभामुख घिमिरेले यस्तो जानकारी गराएका हुन् ।
एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि...























