भारतीय सेना हिउँमा चिप्लिएर पाकिस्तान पुगेपछि….
एजेन्सी / लगातार परेको हिउँमा चिप्लिएपछि एक भारतीय सेना पाकिस्तान पुगेका छन् । गत बुधबार चिप्लिएका उनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको छ ।
भारत प्रशासित जम्मु कस्मिरको गुलमार्गमा गस्ती गरिरहेको अवस्थामा अचानक हिउँमा चिप्लिएर भारतीय...
प्रधानमन्त्री मोदीको फासिवादका विरुद्ध करोडौं भारतीय मजदुरहरु आन्दोलित
एजेन्सी / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा सत्तारुढ भाजपाको फासिवादी शासनका विरुद्ध करोडौ भारतीय मजदुरहरु सडकमा निस्किए । भारतीय मजदुरहरूले बुधबार मोदीको फासिवादका विरुद्ध ऐतिहासिक आमहड्ताल गरे । विभिन्न मजदुर सङ्गठनको आयोजनामा भएको हड्तालमा...
निर्भया बलात्कार घटनाका दोषीहरूलाई ८ माघमा फासी
नयाँदिल्ली / नयाँदिल्लीमा आठ वर्ष पहिलेको सामूहिक बलात्कार घटनामा अदालतले दोषी ठहर गरेका चारै जनालाई दुई हप्तापछि मृत्युदण्डको सजाय दिइने भएको छ । पटियाला हाउस अदालतले ८ माघका लागि मुकेश सिंह, विनय शर्मा, पवन...
युरोपियन युनियनले भन्याे सैन्य आक्रमण शिघ्र रोकिनुपर्छ
एजेन्सी / युरोपियन युनियनले मध्यपूर्वमा सैन्य आक्रमणबाट सिर्जना भएको तनावलाई बन्द गर्न आग्रह गरेका छन् । युरोपियन आयोगकी अध्यक्ष उर्सुलु भोन डेर लियनले आज बुधबार हतियारको प्रयोग तत्कालन रोक्न आग्रह गरेकी हुन् । उनले...
सैन्य कमाण्डर सुलेमानीको अन्त्येष्टीमा भागदौडमा ३५ को मृत्यु, ४८ घाइते
एजेन्सी / अमेरिकाले गरेको हवाई आक्रमणमा परी मृत्यु भएका इरानका उच्च सैन्य कमाण्डर मेजर जनरल कासिम सुलेमानीको अन्तिम बिदाइमा भागदौड मच्चिँदा ३५ जनाको मृत्यु भएको छ। भागदौडका क्रममा कम्तीमा ४८ जना घाइते भएको अन्तर्राष्ट्रिय...
रेस्टुरेन्टमा मुकुन्डोधारीले हाने दुई पेट्रोल बम
एजेन्सी / हङकङको एक रेस्टुरेन्टमा अपरिचत व्यक्तिले दुईवटा पेट्रोल बम आक्रमण गरेका छन्।
मुकुन्डो लगाएका ती व्यक्तिले पेट्रोल बम आक्रमण गरेपछि उक्त रेस्टुरेन्टमा आगो लागेको एससीएमपीले जनाएको छ।
सोमबार बिहान २ बजेसम्म खुला रहेको रेस्टुरेन्टमा कालो...
खाडी मुलुकमा कार्यरत नेपालीलाई दूतावाससँग सम्पर्कमा रहन आग्रह
काठमाडौं / संयुक्त राज्य अमेरिका र ईरानबीच तनाव बढेसँगै खाडी क्षेत्रमा रहेका नेपालीबारे चिन्ता सुरु भएको छ । उक्त दुई देशको तनाव बढ्दा ईरान र इराकसँगै मध्य पूर्वका अरु देशमा पनि असर पर्ने भएकाले...
कश्मीरमा जनमतसङ्ग्रह गराउन राष्ट्र सङ्घलाई आह्वान
एजेन्सी / पाकिस्तानले कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्दै त्यहाँ जनमतसङ्ग्रह गराउन संयुक्त राष्ट्र सङ्घले गरेको प्रतिवद्धता कार्यान्वयनका निम्ति अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ।
आफ्नै कार्यकक्षमा आइतबार अन्तरसंवाद कार्यक्रम गरी नेपालका लागि पाकिस्तानी राजदूत मजहर...
अमेरिकी राष्ट्रपतिको टाउको ल्याउनेलाई इरानी जनसंख्या बराबर पुरस्कार दिने घोषणा
एजेन्सी / इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउको ल्याउनेलाई ८ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ। अमेरिकाले इरानका विशेष सैन्य प्रमुख कासिम सुलेमानीको हत्या गरेपछि आक्रोशित इरानले यस्तो घोषणा गरेको हो।
सुलेमानीको अन्त्येष्टिका क्रममा...
चर्चित कलाकार क्यामेला मेन्डेसलाई ड्रग्स दिएर यौन शोषण
एजेन्सी / अमेरिकी टीन ड्रामा ‘रिवरडेल’ की चर्चित कलाकार हुन् क्यामेला मेन्डेस। हालै उनले न्यूयोर्क विश्वविद्यालयमा अध्ययनका बेला आफ्नो यौनशोषण भएको कुरा खुलासा गरेकी छिन्। २५ वर्षीया क्यामेला एक पत्रिकासँग कुराकानी गर्दै भनेकी छिन्,...

























