नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर
काठमाडौं । नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा विहीबार दुवै पक्षबाट सम्झौतामा हस्ताक्षर भएको हो ।
तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका...
प्रधानमन्त्री प्रचण्ड र मोदीले संयुक्त रूपमा रेलकाे उद्घाटन गरे
विराटनगर। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन गरेका छन् ।
बिहीबार दिल्लीबाट दुई देशका प्रधानमन्त्रीले स्वीच थिचेर रलवे र कार्गो रेल...
प्रधानमन्त्री ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरू
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरू भएको छ।
हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच द्विपक्षीय भेटवार्ता सुरू भएको हो ।भेटवार्तालगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने छ । त्यसक्रममा दुई...
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज महत्वपूर्ण भेटवार्ता
काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज महत्वपूर्ण भेटवार्ता गर्दैछन् ।
बुधबार दिउँसो दिल्ली अवतरण भएका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि भेटवार्ता सुरु गरेका थिए । सोही क्रममा आज प्रधानमन्त्री प्रचण्डले...
६ प्रतिशत आर्थिक वृद्धिले आन्तरिक स्रोत पुग्न सकिदैन : पूर्व अर्थमन्त्री खतिवडा
काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसक्ने बताउनुभएको छ ।
बुधबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको ‘पोष्ट–बजेट डिस्कसन’ कार्यक्रममा बोल्दै...
‘अखण्ड भारत’को नक्सामा नेपाली भू–भाग समेटिएकोप्रति रास्वपाकाे गम्भीर ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भारतको संसद् भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपाली भू–भाग समेटिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र...
सांसद कोष सबै स्थानमा कार्यक्रम पुगोस् : अर्थमन्त्री
काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले दुई वर्षपछि ब्युत्याएको सांसद कोष सबै स्थानमा कार्यक्रम पुगोस् भनेर ल्याइएको प्रष्ट पारेका छन्।
उनले यो कोष सांसद विकास कोष नभई संसदीय निर्वाचन क्षेत्र विकास कार्यक्रम भएको समेत स्पष्ट...
रेशम चौधरी छुटेपनि रेशम चौधरीमाथि न्याय भएन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आममाफी दिएर छोड्दा स्वयंम रेशम चौधरीलाई न्याय नभएको जनाएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै रविले रेशम चौधरी निर्दोष छन् भन्ने विश्वासका साथ आफ्नो...
सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिइन्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।
सभामुख देवराज घिमिरेले उनलाई शपथ गराएका हुन् ।
यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ मेडिकल कलेज व्यावसायी दुर्गा...
राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र शुभकामना सन्देश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले दिनुभएको शुभकामना सन्देशमा लोकतान्त्रिक...
























