नौमती बाजामार्फत जातीय भेदभाव मेटाउँदै महिला

मोरङ । नौमती बाजामार्फत जातीय भेदभाव मेटाउन अग्रणीरूपमा इटहरीका महिला सक्रिय देखिएका छन् । बाहुन, राई, दलितलगायत समुदायका महिलाले जातीय भेदभाव र छुवाछूतजस्ता सामाजिक विकृतिलाई तोड्दै नौमती बाजा बजाउनका लागि समूह गठन गरेका छन्...

चार महिनामा नेपालका ७७ जिल्ला पुगी छाड्ने अठोटका साथ घरबाट निस्किए १८ वर्षीय किशाेर

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ कोटजहारीका १८ वर्षीय सुशील कवँर योगीले घर छोडेको २७ दिन भयो । चार महिनामा नेपालका ७७ जिल्ला पुगी छाड्ने अठोट बोकेका योगी अहिले रसुवा पुग्नुभएको छ ।...

सिम्ता गाउँपालिकाको प्राथमिकता पुर्वाधार र फलफूल खेती 

सुर्खेत । पुर्वी सुर्खेतमा रहेको सिम्ता गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि बजेट ल्याएको छ । सिम्ता गाउँपालिका सुर्खेतको गाउँसभा १३ औं अधिवेशनले कुल बजेट ५८,१७,७०,७०,३५०विनियोजन गरेको छ । विनियोजित बजेटको चालु तर्फ रू  ३९,८९,०४,३५० र पुँजीगततर्फ रु....

पहिराेले मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन । शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत ढोरपाटन नगरपालिका –२ खप्तरिबाङमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध भएको हो । शनिबार राति गएको पहिराका कारण बुर्तिबाङबाट...

भाषा संरक्षणमा जुटे तामाङ समुदाय

मुग्लिन । चितवनका तामाङ समुदाय भाषा संरक्षणका लागि जुटेका  छन् । पछिल्लो समय लोप हुँदै गएको तामाङ भाषाको संरक्षणका लागि प्रशिक्षण कार्यक्रम  सञ्चालन गरेका हुन् । तामाङ पत्रकार संघ चितवनको आयोजनामा एक हप्ते ‘तामाङ भाषा प्रशिक्षण’...

भदौ मसान्तसम्म सडक खन्न रोक

काठमाडौं । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय बबरमहलले आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । उ क्त कार्यालयले एक सूचना प्रकाशन गरी वर्षायाममा पानीका धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक...

गाउँपालिका पूर्ण खोपयुक्त पालिका घोषित

पाल्पा। पाल्पाका दश वटै स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका बनेका छन् । दुई नगरपालिका र आठ वटा गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित पालिका बनेका हुन् । नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरेपछि जिल्लाका...

चर्को खडेरीले सुके पानीका मुहान

गलेश्वर। चर्को खरेडीले म्याग्दीको मालिका, मङ्गला र बेनी नगरपालिकालगायत दर्जन बढी गाउँमा पानीका मुहान सुक्न थालेका छन् । यहाँका स्थानीय हिजोआज एक गाग्री पानीका लागि एक घण्टा समय खर्चेर वा नजिकको खोलाको पानी छानेर...

राउते खोलाले बगाएर सब इन्जिनियरको निधन

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ गोगन स्थित राउते खोलाले बगाएर सोही गाउँपालिकामा कार्यरत सब इन्जिनियर मन्दिप राईको निधन भएको छ। बुधवार परेको वर्षाका कारण गोगने–लेर्खक जोड्ने सडक खण्ड अन्तर्गत राउते खोलामा निर्माणाधीन पक्की पुलको...

खडेरीले वर्षेबाली सुकेपछि पानी माग्दै इन्द्र र महादेवको पूजापाठ

तनहुँ। लामो खडेरीले वर्षेबाली बारीमै सुकेपछि पानी माग्दै तनहुँमा इन्द्र र महादेवको पूजापाठ गरिएको छ । आँबुखैरेनी –२ ढकालटारमा पूजापाठ गरिएको हो । स्थानीय तीन सय ५० घरधुरीले पञ्चेबाजा सहित पूजापाठ गरेका हुन् । स्थानीय छिम्केश्वरी...

RECENT POSTS

HOT NEWS