विश्वकप विजेता वेस्ट इण्डिजले पनि नेपालसँगै विश्वकप छनोट प्रतियोगिता खेल्ने
एजेन्सी । विश्वकप विजेता वेस्ट इण्डिजले पनि नेपालसँगै विश्वकप छनोट प्रतियोगिता खेल्ने भएको छ । सुपर लिगको शीर्ष ८ मा पर्न नसकेपछि वेस्ट इण्डिजले पनि विश्वकप छनोट खेल्नु परेको हो । सुपर लिगअन्तर्गत गएराति...
राहदानी विभागको टोली पोर्चुगलमा, विद्युतीय राहदानीको दरखास्त सङ्कलन गर्ने
काठमाडाैं । राहदानी विभागको टोली राहदानीको दरखास्त सङ्कलनका लागि पोर्चुगल पुगेको छ ।
विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली बुधवार राजधानी लिस्बन पुगेको राहदानी विभागले जनाएको छ । विभागकी शाखा अधिकृत रञ्जिता दाहाल...
११ दिन पैदल हिँडेरै काठमाण्डौ आइपुगे मिटर ब्याज पीडित
काठमाडाैं । मिटर ब्याजविरुद्ध महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर पीडितहरू आज ११ औँ दिन काठमाडौं आइपुगेका छन् । बर्दिवासबाट पैदल हिँडेका ७२ जनाको टोली आज आइतवार काठमाण्डाैकाे मातातीर्थ आइपुगेकाे हाे ।
मिटर ब्याजविरुद्धको सङ्घर्ष समिति नेपालको...
निराधार आराेप नलगाउन महासंघकाे आग्रह
कपिलवस्तु । कपिलवस्तु टाइम्सका सम्पादक अंकुश श्रीवास्तव माथी कृष्णनगर नगरपालिका वडा नं ९ का वडाध्यक्ष सतिश कुमार हरिजन(सतिश निगम) संग ५० हजार रूपया मागेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञप्ति मार्फत जनाएको छ...
प्रदेशमा सङ्घीयता पक्षधर भएकाले काम गर्न सजिलो छ : मुख्यमन्त्री यादव
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निजामती कर्मचारी र प्रहरी समायोजन भएको खण्डमा प्रदेश सरकार पूर्वाधार निर्माणलगायत सबै काम गर्न सक्षम रहेको दाबी गरेका छन् । प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे जिज्ञासामा...
इजरायलले पाँच सय जना नेपालीलाई रोजगारी दिने
काठमाडौं । इजरायल सरकारले दोस्रो चरणमा पाँच सय जना नेपालीलाई मात्रै केयर गिभरमा रोजगारी दिने भएको छ ।
पहिलो चरणमा इजरायल गएकाबाहेक दोस्रो चरणमा एक हजार केयर गिभर लैजान नेपाल सरकारले इजरायल पक्षसँग अनुरोध गरे...
माओवादी धारका नेताहरुको बैठक सुरु
काठमाडौं । आज माओवादी धारका नेताहरुको संयुक्त बैठक बालुवाटरमा सुरु भएको छ । केहिबेर अघिदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयमा कुराकानी हुने बताइएको छ। सर्वोच्च...
राज्यबाट पाउनुपर्ने सुविधा नपाएकोप्रति गुनासो
काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छिन् । भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा रानाले राज्यको माथिल्लो निकायमा भ्रष्ट...
कलेजो र मिर्गौला पीडित गायक ताम्राकारको निधन
काठमाडौं । गायक आशिष ताम्राकारको निधन भएको छ । ताम्राकारको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो । उनी लामो समयदेखि कलेजो र मिर्गौलाको समस्याबाट पीडित थिए । ४४ वर्षको उमेरमा उनको निधन भएको हो...
मालीमा भएको हिंसात्मक आक्रमणको राष्ट्रसङ्घीय मिसनले अनुसन्धान गर्ने
माली । गत हप्ता मालीमा भएको हिंसात्मक आक्रमण र यसमा परी केही व्यक्तिको ज्यान गएको विषयमा संयुक्त राष्ट्रसङ्घीय मिसनले अनुसन्धान गर्ने जनाएको छ । मालीमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले सो कुराको अनुसन्धान गर्ने जनाएको...






















