दुर्गा र बी.पी. बीच आन्दोलनमा सहकार्य
काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियान र सुशीलमान शेरचनले नेपाली कांग्रेस (बी.पी.) ले आन्दोलनमा सहकार्य गर्ने भएका छन् । आइतबार बिहान भक्तपुरको मध्यपुरठिमीस्थित प्रसाईंको घरमा दुई पक्षबीच सहकार्य...
प्रमले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएकी छन्।
अपराह्न ४ बजे बालुवाटारमा बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीहरू क्रमशः हिक्मतबहादुर...
नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग सञ्चालनका लागि टेण्डर आह्वान
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि अन्तर्राष्ट्रिय बोलपत्र (टेण्डर) आह्वान गरिएको छ।
नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा दक्ष सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको हो। बोलपत्र पेस गर्ने...
करेन्ट लागेर मृत्यु
बारा । परवानीपुर गाउँपालिका-१ बुनिया बस्ने ५५ वर्षीय भुखि महतोको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको एनएमसी अस्पताल वीरगंजमा उपचारको...
नेपालमा पहिलो पटक हरर फिल्म महोत्सव सुरु
काठमाडौं । नेपालमा पहिलो पटक हरर फिल्म महोत्सव सुरु भएको छ । ‘काठमाडौं हरर चलचित्र महोत्सव २०२५’ नाम दिइएको महोत्सव कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा शुक्रबारबाट सुरु भएको हो । महोत्सवको उद्घाटन चलचित्र विकास बोर्डका...
जनमतकी प्रदेशसभा सदस्य निलम पासवानले शपथ लिइन
बुटवल । जनमत पार्टीकी प्रदेशसभा सदस्य निलम पासवानले शपथ ग्रहण गरेकी छन्।
शुक्रबार लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभा सचिवालयमा पासवानलाई शपथ ग्रहण गराएको जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ताले जानकारी गराए ।
जनमत...
जेनजी आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच पक्राउ
काठमाडौं । जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ परेका छन् ।
प्रहरी वृत्त स्वयम्भूको टोलीले विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा धादिङको धुनिवेशी गाउँपालिका घर भएका २१ वर्षीय...
ट्याक्टरबाट खसेर एक जनाको मृत्यु
दोलखा । बिगु गाउँपालिका-६ आलम्पुस्थित सडकमा प्र.१-०१-००१ त ८८७२ नम्बरको ट्याक्टरको ढालाबाट खसेर सोही ठाउँ बस्ने ४० वर्षीय मानबहादुर थामीको बिहीबार साँझ मृत्यु भएको छ ।
प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै दुर्घटनाका...
शिवत् सिमेन्टकाे चौथो भिडियो सार्वजनिक
काठमाडाैं । नेपाली सिमेन्ट उत्पादक कम्पनी शिवत् सिमेन्टले आफ्नो चर्चित ब्रान्ड क्याम्पेन ‘क्वालिटी’को मामलामा ‘नो कम्प्रोमाइज’ अन्तर्गतको चौथो भिडियो सार्वजनिक गरेको छ ।
जहाँ एक जना जिम्मेवार डाक्टर जसले आफ्नो पारिवारिक भ्रमणमा निस्कनै लाग्दा आकस्मिक...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
कालिकोट । रास्कोट नगरपालिका-१ तामाकोट बस्ने धनगिर शाहीको घरमा विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा करिब ४ लाख ६१ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा...

























