ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आइपुगे
काठमाडौं । सन् २००२ काे विश्वकप बिजेता एवम् ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् ।
उनी नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न नेपाल आइपुगेका हुन् ।
मंगलबार एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय...
शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिइन्
काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।
उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी गराएकाे छ । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन्...
राप्रपाका महामन्त्री जबरा स्वास्थ्य उपचारका लागि मुम्बई जाने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर जबरा बुधबार स्वास्थ्य उपचारका लागि मुम्बई जाने भएका छन्।
यसअघि क्यान्सरको उपचार गराइसकेका जबरा फलोअपका लागि भारतको मुम्बई जान लागेको राप्रपाले जानकारी दिएको छ।
गत चैत १५...
नेप्से परिसूचकमा गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक ७.७५ अङ्कले घटेर २ हजार ६ सय ९८ दशमलव २८ को बिन्दुमा कायम भएको हो।
आज विभिन्न तीन सय १९...
बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
पत्रकार मञ्चमा संरचनात्मक सुदृढीकरण : पहिलो बैठकमै सल्लाहकार समिति र विभाग गठन
काठमाडौं । नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक काठमाडौंको सिनामंगलस्थित रोयल प्यालेसमा सम्पन्न भएको छ।
अध्यक्ष युवराज विद्रोहीको अध्यक्षतामा बसेको बैठकले संस्थाको सल्लाहकार समिति तथा विभाग गठनबारे महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकमा...
नेवाः राष्ट्रिय मुक्ति मोर्चामा १२७ सदस्यीय केन्द्रीय समिति निर्वाचित
काठमाडौं । नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाःको तेश्रो राष्ट्रिय सम्मेलनले उमेश स्थापितको नेतृत्वमा १२७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।
राजधानीमा दुईदिने सम्मेलनपछि सर्वसम्मतबाट उहाँको नेतृत्वमा नयाँ समिति गठन भएको हो । निर्वाचित केन्द्रीय...
शहरीकरणले विश्वमै समस्या ल्यायाे : परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको र एशिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको जनाएकी छन् ।
बैंककमा आजदेखि सुरु संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक...
विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३० पैसा र बिक्रीदर १३६ रुपियाँ ९० पैसा कायम भएको छ।
केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर...
निरंकुशता मागेर गरिने आन्दोलनलाई अपराधको संज्ञा
विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता ल्याउने उद्देश्यले गरिने कुनै पनि क्रियाकलाप आन्दोलन हु्न नसक्ने जनाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले निरंकुशता मागेर गरिने आन्दोलनलाई अपराधको संज्ञा दिए ।
विराटनगरमा आइतबार...























