कान्ति अस्पताल निर्देशकसमक्ष ६ बुँदे माग
काठमाडौं । कान्ति बाल अस्पतालका कर्मचारीहरूको समूहले अस्पताल व्यवस्थापन सुधार र कर्मचारी प्रोत्साहनका लागि भन्दै अस्पताल निर्देशकसमक्ष ६ बुँदे माग गरेको छ।
गत २ माघमा बसेको कर्मचारीहरूको बृहत् भेलाले गरेको निर्णयअनुसार ७ माघका दिन निर्देशक...
रविकाे जाहेरवालाका वकिलहरूले जवाफी बहस गर्ने
काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । रुपन्देही जिल्ला अदालतमा गत बुधबारबाट जारी थुनछेक बहस सकिएसँगै अहिले प्रतिवादीका तर्फबाट वकिलहरूले जवाफी बहस गरिरहेका...
सांसद विनिता कठायतले मागिन् होटलको सीसीटीभी फुटेज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विनिता कठायतले पोखरमा आफूहरू बसेको होटलको सीसीटीभी फुटेज माग गरेकी छन्।
आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा उजुरी पेश गर्दै उनले पुस २९ गते आफूहरू बसेको पोखरास्थित...
संविधानकाे आधारभूत कुरामा परिवर्तन नहुने
काठमाडाैं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानमा केही हेरफेर भए पनि आधारभूत कुरामा परिवर्तन नहुने जनाएका छन्।
आइतबार काठमाडौंमा आयोजित मीनकुमारी राणा प्रतिष्ठानको छात्रवृत्ति वितरण कार्यक्रम बोल्दै उनले फेरि अर्को व्यवस्था खोज्न थालिए...
शेयरबजारमा दोहोरो अंकको गिरावट
काठमाडाैं । साताको पहिलो दिन आइतबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । बजारमापक परिसूचक नेप्से १०.४२ अंकले घटेर २६४३.९३ को बिन्दुमा झरेको छ ।
कारोबारमा आएका ३ सय १८ कम्पनीमध्ये १ सय ५३ कम्पनीको...
फिलिपिन्सले चीनलाई अवैध गतिविधि रोक्न निर्देशन
एजेन्सी । चीनले आफ्नो सैन्य दबदबा बढाउन थालेपछि दक्षिणपूर्वी एसियाका कतिपय देशहरू आजित बन्न थालेका छन् ।
विशेष गरेर दक्षिण चीन सागरमा चीनका ठूला ठूला सैन्य जहाज देखिन थालेपछि सशंकित बनेका फिलिपिन्सलगायत अन्य देशहरू चीनसँग...
हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा सम्बोधन प्रमले गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा सम्बोधन गर्ने भएका छन्। संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ।
उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य...
सरस्वतीकाे मूर्ति बनाउन भ्याइनभ्याई
महोत्तरी । सरस्वती पूजा नजिकिँदै जाँदा जिल्लाको विभिन्न स्थानमा मूर्तिकारहरू धमाधम मूर्ति बनाउन थालेका छन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा अवस्थित सबै सामुदायिक तथा निजी विद्यालय, कोचिङ सेन्टर, ट्युशन सेन्टर, क्लब, पुस्तकालय...
यौन दुर्व्यवहार गरेकोमा मदन राई दोषी ठहर
काठमाडौं । आफैंले खोलेको 'शुभद्रा मदन फाउन्डेसन' मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेकोमा जिल्ला अदालत खोटाङले मदन राईलाई दोषी ठहर गरेको छ।
जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालले राईलाई माघ १० गते बाल...
नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित
विराटनगर । नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको तेह्रौ अधिवेशनबाट शालिकग्राम कोइराला अध्यक्षमा निर्वाचित भएका हुन् । यस अगाडी कोइराला नेपाल निजामती संगठनका कार्यवाहक...

























